कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

काठमाडौँ / धनुषामा कोरोना जितेका एक युवकले समाज र परिवारको घृणा सहन नसकेर आत्महत्या गरेका छन् । विहारी नगरपालिका २ का ३५ वर्षीय विशेश्वर यादवले शुक्रबार घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

स्थानीय एक युवाका अनुसार घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि आत्महत्या गर्न बाध्य भएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…