ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावास निवेदन पेस गर्नुपर्ने

दोहा : कोरोनाका कारण ओमानमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारहरूलाई विभिन्न निकायहरूसँगको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य जारी रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसै सम्बन्धमा समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता हुन सहयोग गर्ने अभिप्रायले नेपाल सरकारले “कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका” जारी गरी नेपाल फिर्ता सम्बन्धी सहयोगका लागि केही मापदण्डहरू तोकेको छ। सोही मापदण्डले समेट्ने नेपाली नागरिहरूलाई निर्देशिकामा उल्लेख भएबमोजिम सहयोग दूतावासमार्फत उपलब्ध गराइने जनाएको छ ।

ओमानमा कोरोनाका कारणले बेरोजगार भएका तथा कम्पनीले पनि कुनै किसिमको सहयोग गर्न नसक्ने अवस्थामा भएको र स्वयम् पनि टिकट खरीद गरेर नेपाल फर्कन असमर्थ नेपाली नागरिकहरूले निवेदन लेखी दूतावासमा पेस गर्न ओमानमा समस्यामा परेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

उक्त निवेदन दूतावासको इमेल मार्फत पनि पठाउन सकिने छ भने यस सम्बन्धमा थप बुझ्न परेमा कार्यालय समयमा दूतावासका श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा र अन्य समयमा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न सकिनेछ ।

बिगत लामाे समयदेखी समसामयिक बिषयमा कलम चलाउनुहुने योगेन्द्र योगी पूर्वेली न्युजका मध्यपूर्व प्रतिनिधी हुनुहुन्छ ।

योगेन्द्र योगीबाट थप

कतारबाट दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किए

कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए

कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ

कतारबाट १५३ जना नेपाली स्वदेश फर्किए, अझै थप ४ उडान हुने

साउदीमा २३ नेपाली कामदार अलपत्र, ४ महिनादेखि न काम न दाम

कतारबाट दुई उडानमार्फत २९९ जना नेपाली स्वदेश फर्किए  

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले?

कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध, प्रतिबन्ध नगरिएका मुलुकमा १४ दिन बसे प्रवेशमा अनुमति दिने

कतारबाट २० औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए  

तपाईको प्रतिक्रिया

Loading…