मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

हेटौडा / वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. विश्वराज जोशीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार र युरोलोजी विभागका प्रमुख थिए । उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । यसैगरी बैठकले प्रदेश बाल अधिकार समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिनाथापा र लक्ष्मी ढकाललाई मनोनित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश युवा परिषद् नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यसैगरी वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि भएको मन्त्री ढुंगेलले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

राससबाट थप

काठमाडौँ उपत्यका प्रवेश गर्ने साँगा नाकामा १३ जनामा कोरोना पुष्टि

सुनसरीको बराहक्षेत्रमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बस्तीमा बाढी पस्दा चार बेपत्ता

महाकाली नदीमा पानीको बहाव बढ्यो

प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

कोरोना परीक्षणका लागि सिंहदरबारबाट ५०८ को स्वाब संकलन

पूर्वरथी खड्काको निधन, सैनिक सम्मानका साथ अन्त्येष्टि

ह्युस्टनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकी आदेश

कक्षा ११ को परीक्षा र मार्कसिट विद्यालयबाटै

तपाईको प्रतिक्रिया

Loading…