पुर्वप्रधानमन्त्री स्व.सुर्यबहादुर थापाको आँगनमा नेकपाको परेड

धनकुटा । पटक पटक देशको प्रधानमन्त्री बनेका पुर्बप्रधानमन्त्री सुर्यबहादुर थापाको धनकुटास्थित पाख्रिबास नगरपालिका ८ मा रहेको मुगा यतिबेला खण्डहर बनेको छ । उनी जन्मिएको घर यतिबेला भग्नाबशेष झै बनेको छ । घरआसपास ठुलठुला झाडीहरु छन । त्याँहा पुग्दा कसैले पनि त्यो घर सुर्यबहादुर थापाकै हो भन्दा पत्याउने अबस्था छैन ।

पुर्बपटिट रहेको ठुलो सिमलको रुख देखि १ सय मिटर तल रहेको खत्रीटार उनी प्रधानमन्त्री हुँदा जस्तो अबस्थामा थियो । आजपनि उस्तै छ । त्याँहा स्थानीय भन्छन,सुर्यबहादुर जतिपटक प्रधानमन्त्री भएपनि यो ठाँउ बत्तिमुनिको अँध्यारो झै बनेको छ । जहाँ न हिजो चमक थियो, न त आज नै छ । रातोमाटो भएको मुगा,आसपासमा सुसाउने सल्लाघारी आजभन्दा बिसौँ बर्षअघि जुन अबस्थामा थियो । आजपनि उहि हालमा भेटियो । त्याँहा पुग्दा एउटा मात्र फरक भेटियो । हिजो सुर्यबहादुर थापा र राप्रपा पार्टी भन्नेहरु अहिले परिबर्तन भएछन । गाँउमा न त राप्रपाका कार्यकर्ता छन न त सुर्यबहादुर लाई राम्रो भन्ने नै छन । थापाकै भाईभारदार समेत यतिबेला छिन्नभिन्न छन । कोही नेकपा भएका छन त कोही काँग्रेस भएका छन ।

सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा यतिबेला राप्रपा छोडेर काँग्रेस हुने तरखरमा छन । उनकै परिवारकी सदस्य इन्दिरा थापा काँग्रेसकै राजनीति गर्छिन । अर्का रेवतबहादुर थापा नेकपाको राजनीति गर्छन भने उनका नाति प्रताप थापा समेत नेकपाकै राजनीति गर्छन । यी बाहेक आधा दर्जन बढी उनका भाई भतिजा बिभिन्न पार्टीका जिल्ला,प्रदेश र केन्द्र तहमा राजनीति गर्छन । राप्रपाको राजनीति गरेका र पटक पटक प्रधानमन्त्री बनेका थापाको मुगा गाँउमा अहिले उनका भाईभतिजा समेत एक छैनन । काँग्रेसमा आबद्ध भाईभतिजाले कार्यक्रम गर्दा नेकपाले समर्थक भाईभतिजा बिरोध गर्छन भने नेकपाले कार्यक्रम गर्दा काँग्रेसले,यतिबेला मुगाका थापा परिवारमा भाई फुटे गवार लुटेको अबस्था देखिन्छ ।

मुगामा थापा परिवार यतिबेला छिन्नभिन्न छन । शनिबार मुगामा आयोजित एक कार्यक्रममा पनि त्यस्तै देखियो । नेकपा सर्मथक भाई भतिजाको कार्यक्रममा काँग्रेस सर्मथक भाईभतिजाले बिरोध गरे । उनीहरु कार्यक्रममा समेत देखिएनन । मुख्यमन्त्री आउने कार्यक्रम भनिएपनि अन्तिम समयमा मुख्यमन्त्री शेरधन राई आएनन । उनलाई रोक्न थापा परिवारका केही सदस्य लागेको समेत गाँईगुँई चल्यो । थापा परिवारमा यतिबेला गतिलो अभिभावकको अभाव देखिन्छ । परिवार नै छिन्नभिन्न छ । पुर्बप्रधानमन्त्रीको जन्मघर,गाँउ धराशायी र खण्डहर बन्दा समेत एउटा ईतिहास बोकेको मुगा गाँउ न त स्थानीय पालिकाको नजरमा परेको छ न त उनका भाईभतिजाको नजरमा परेको छ । यो स्थान यतिबेला राजनीतिक परेड खेल्ने ठाँउको रुपमा बिकास भएको देखिन्छ ।

 

 

 

तपाईको प्रतिक्रिया

Loading…