बिपि स्वास्थ्य प्रतिष्ठानकाे रजिष्टारमा रेग्मी नियुक्त

धरान । बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको मुख्य प्रशासनिक पद रजिष्टामा प्रा.डा.मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे साउन ४ गतेकाे सहकुलपति स्तरिय निणयबाट रेग्मीलाई रजिष्टार पदमा नियुक्त गरिएकाे हाे ।

डेढ दशकदेखि प्रतिष्ठानमा कार्यरत उनी नेपालमा मात्र नभएर दक्षिण एशियामै परिचित नाम हो । उनले प्रतिष्ठानमा आफनो बिभागलाई बिगत ४ बर्षदेखि उत्कृष्ट मात्र बनाएका छैनन् दक्षिया एशियामै उत्कृष्ट २ वटा अवार्डको हकदार समेत बनाईसकेका छन ।

उनी २०५९ सालमा एमडी गर्नका लागि फुल स्कलरसिपमा भर्ना भए । बि.सं. २०७२ सालदेखि प्रतिष्ठानमा बिभागयि प्रमुखका रुपमा कार्यरत उनले आफनो बिभागलाई अब्बल साबित मात्र गरेका छैनन । यसबिचमा बिभिन्न खोज,अनुसन्धान लगायतका क्षेत्रमा समेत उनी सक्रिय छन । विश्वका ३२ वटा देशको भ्रमण गरिसकेका उनी यतिबेला विश्वमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० बिरुद्ध विश्वका १२ जना बिशेषज्ञ सम्मिलित विश्वब्यापी फोरमको समेत सदस्य छन । सो फोरममा नेपालबाट उनीमात्र सहभागी छन ।

दक्षिण एशियामै पहिलोपटक प्रतिष्ठानबाट महिलाहरुको आङ खस्ने समस्या (फिस्टुला) को खोज अनुसन्धान र उपचारमा उनले पाएको सफलताले उनलाई थप हौस्याएको छ । यो रोगको उपचार गर्ने मात्र नभएर उनी राष्ट्रिय प्रशिक्षकका रुपमा समेत कार्यरत रहेका छन । फिस्टुला फ्रि नेपाल अभियान समेत चलाएका उनीकहाँ बिभिन्न देशबाट सो रोग भएका महिलाहरु उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन । उनीहरुको निशुल्क उपचार मात्र नभएर यातायात खर्च समेत उपलब्ध गराउने हेतुका साथ उनले १ करोडको फण्ड समेत निर्माण गरेका छन ।

तपाईको प्रतिक्रिया

Loading…