अयोध्या वीरगञ्जको एक गाउँमा पर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले रामको राज्य अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा रहेको बताएका छन् ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सीताको विवाह भारतका राजकुमार रामसँग भएको हामीले ठानिरह्यौँ तर भारतका होइनन् अयोध्याकालाई दिएको बताए ।

उनले भने, अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ है त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । उनले ऐतिहासिक प्रसंग कोट्याउँदै अयोध्या र राम भारती नभएको बताएका हुन् । प्रधानमन्त्री ओलीले विभिन्न किसिमका ज्ञान, विज्ञान र अनेक कुरा नेपालमा विकास भएका भए पनि निरन्तरता हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया

Loading…