साउदीबाट २ हजार ५ सय ४७ जना नेपाली स्वदेश फर्किए

साउदी : कोरोना लगायत अन्य बिभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने पहिलो चरण अन्तर्गत साउदीबाट फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २५ सय ४७ जना स्वदेश फर्किसकेका छन्।

साउदीबाट एकै दिन तीन उडानमार्फद ५ सय ४८ जना नेपाली स्वदेश फर्किएको दूतावासले जनाएको छ । दूतावासका अनुसार असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी एकै दिन तीन वटा उडानमार्फद स्वदेश फर्किने क्रममा राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं २१९२ बाट २४९ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

यसै गरी दम्मामबाट नेपाल एयरलाईन्सबाट १४५ र हिमालय एयरलाइन्सको उडानबाट १५४ जना नेपालीहरू पनि स्वदेश फर्किएको दूतावासले जनाएको छ । यस्तै साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीमा हवाइ उडानहरु स्थगित भएका कारण विगत केही महिना देखि स्वदेश फर्काउने पर्खाइमा रहेका मध्ये ४० जना नेपालीको शव पनि नेपाल पठाईएको जनाएको छ ।

यी सबै उडानहरुमा स्वदेश फर्किनेहरुलाई बिदाई गर्न दूतावासका कर्मचारी, एनआरएन प्रतिनिधिहरु लगायत विमानस्थल पुगेका थिए । यसैगरि अर्को उडान जुलाई ६ मा रियादबाट हुने दूतावासले जनाएको छ ।

बिगत लामाे समयदेखी समसामयिक बिषयमा कलम चलाउनुहुने योगेन्द्र योगी पूर्वेली न्युजका मध्यपूर्व प्रतिनिधी हुनुहुन्छ ।

योगेन्द्र योगीबाट थप

कतारबाट १५३ जना नेपाली स्वदेश फर्किए, अझै थप ४ उडान हुने

साउदीमा २३ नेपाली कामदार अलपत्र, ४ महिनादेखि न काम न दाम

कतारबाट दुई उडानमार्फत २९९ जना नेपाली स्वदेश फर्किए  

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के के गर्यो नेपाली दूतावासले?

कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

कुवेतले थप २४ देशमा लगायो प्रतिबन्ध, प्रतिबन्ध नगरिएका मुलुकमा १४ दिन बसे प्रवेशमा अनुमति दिने

कतारबाट २० औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए  

ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावास निवेदन पेस गर्नुपर्ने

नेपाली नागरिकलाई कुवेत प्रवेशमा प्रतिबन्ध

ओमानबाट चौथो उडानमार्फत १८० नेपाली स्वदेश फर्कँदै

तपाईको प्रतिक्रिया

Loading…