पूर्वी पृतना हेड क्वाटर अन्तर्गत ८ स्थानमा सैन्य आधार तालिम सम्पन्न, ७७१ प्रशिक्षार्थी बने सिपाही

पूर्वी पृतना हेड क्वाटर अन्तर्गत ७७१ जना सैन्यहरु सैन्य आधार तालिम पुरा गरेका छन् । पूर्वी पृतना हेड क्वाटर अन्तर्गत धनकुटा जिल्लामा अवस्थित नं. २ बाहिनी अड्डाबाट-१४२ जना, धनकुटा जिल्लाकै सल्लेरी ब्यारेकमा अवस्थित बरख गणबाट- ७९ जना, उदयपुर जिल्लाको बोक्से गाईघाट स्थित रणशार्दुल गणबाट-९५ जना, झापा जिल्लाको चारआलीमा अवस्थित नयां श्रीनाथ गणबाट-९८ जना, ‌ओखलढुंगा जिल्लाको अरिदमन गणबाट-८६ जना, मोरङ्ग जिल्लाको थलाहा स्थित सूर्यदल गणबाट- ९४ जना, मोरङ्ग जिल्लाकै याङ्गशिला स्थित कालीशक्ती गण(ईन्जिनियर)बाट-६० जना र मोरङ्ग जिल्लाको लेटाङ्ग स्थित पूर्वी पृतना तालिम शिक्षालयबाट-११७ जना गरी कुल जम्मा ७७१ जना सैन्यहरु सिपाहीमा प्रवेश गरेका पूर्वी पृतना हेड क्वाटर इटहरीले जनाएकाे छ ।

२०७६ पुस १ गतेबाट संचालन भएको उक्त सैन्य आधार तालिममा तालिमरत सैन्य शिक्षार्थी संख्या ७७१ जना करिब ७ महिनाको कठोर सैन्य आधारभुत तालिम पश्चात असार १९ गते भएको दीक्षान्त समारोहबाट सिपाही दर्जामा प्रवेश गरेका पूर्वी पृतना हेड क्वाटर इटहरीले जानकारी दिएकाे छ । उनिहरूलाए नेपाली सेनामा रहेको विभिन्न युनिट/फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति गरिएकाे जनाइएकाे छ । पास आउटको बेला तालिमरत शिक्षार्थीहरुको आफन्तहरुलाई दीक्षान्त समारोह हेर्नको लागी निमन्त्रणा गर्ने गरिएको भएता पनि हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणलाई मध्यनजर राख्दै आफन्तजन तथा अन्य पाहूनाहरुलाई निमन्त्रणा नगरिएको पूर्वी पृतना हे.क्वा.ईटहरीले जनाएको छ ।

तालिम अवधिभर विभिन्न ईभेण्ट ( दौड, चांदमारी फायरिङ्ग, बाधापार र ड्रिलमा प्रथम हुने सैन्यहरुलाई पुरस्कार वितरण गरिएको थियो भने सर्वोत्कृष्ट हुने सैन्य (शिक्षार्थी) लाई खुकुरी होल्डर घोषित गरी पुरस्कार वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…