टिपरको ठक्करबाट घाइते सेनाका जवानको मृत्यु

काठमाडौं / टिपरको ठक्करबाट घाइते भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । घाइते सैनिक जवानको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हाे । आँबुखैरेनी-गोरखा सडकखण्डको पन्ध्रकिलोस्थित घुम्तीमा बुधबार टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा घाइते भएकामध्ये सेनाका जवान पालुङटारका प्रेम परियारको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।

बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई लु १ त ३८४६ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा अर्का सैनिक जवान रञ्जिन राना घाइते छन्। उनको उपचार भइरहेको छ। टिपर र चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…