सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने भए सहमतिमै नेम्वाङलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याकेका हुन् । बुधबार दिउँसो ओली प्रचण्डबिच भएको छलफलमा ओलीले नेम्वाङको नाम अघि सारेकाे बताइएकाे छ ।

मलाई हटाउने नै हो भने हामी बाहेकबाट विकल्प खोजौँ नेम्वाङलाई प्रधानमन्त्री बनाऔँ भन्दै ओलीको राखेकाे प्रस्तावप्रति दाहालले कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । नेकपाभित्र ओलीले विधि र प्रक्रिया मिचेर स्वाइच्छाचारी रुपमा पार्टी र सरकार चलाएको आरोप दाहाल नेपाल पक्षले लगाएको छ । उनीहरुले यसपटक ओलीलाई दुवै पदबाट राजीनामा गराउने रणनीतिका साथ अघि बढाएका छन् । ओलीलाई राजीनामा गराउने पक्षमा स्थायी समितिका ४५ मध्ये ३० जना सदस्य दाहाल नेपाल पक्षमा उभिएका छन् ।


तपाईको प्रतिक्रिया

Loading…