इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल गिरफ्तार गर्न वारेन्ट जारी

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ । इरानले ट्रम्पको गिरफ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ । ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोलसँग रेड नोटिस जारी गर्न आग्रह गरेको छ । गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानी मारिएको सन्दर्भमा इरानले ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

इरानले यी ३० जनालाई हत्या र आतंक फैलाएको आरोप लगाएको छ भने ट्रम्पलाई पक्राउ गर्ने प्रयासलाई जारी राख्ने जनाउँदै आएको छ । यी सबै माथि हत्या र आतंक फैलाउने आरोप लागेको छ । इरान ट्रम्पलाई गिरफ्तार गर्ने पुरै कोशिसमा लाग्नेछ ।

फ्रान्सस्थित इन्टरपोलले इन्टरपोलले भने इरानी वारेन्टको जवाफ दिएको छैन । इरानले यसअघिनै इन्टरपोलसँग ट्रम्प लगायत बाँकी आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अपिल गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…