आंशिक लकडाउन साउन ७ सम्म राख्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले साउन ७ गतेसम्म आंशिक लकडाउनलाई निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय सीमा नाका तथा हवाइ उडानहरु पनि साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…