उदयपुरमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण

उदयपुर / उदयपुरमा एकै परिवारका ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ ।संक्रमितमध्ये तीन जना बालबालिका रहेका छन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना तेस्रो मुलुक कुबेतबाट र बाँकी पाँच जना छिमेकी मुलुक भारतबाट आएका एक परिवारका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार कटारी नगरपालिका ५ का एकै परिवारका ४६, २१, १७, १३, १० र त्रियुगा नगरपालिका ४ की ३८ वर्षीय महिलालाई कोरोना पोजिटिभ देखिएको हो ।

तर श्रीमतीलाई भने नेगेटिभ देखिएको छ । ४६ र २१ वर्षीय बाबुछोरा हुन् । बाँकी तीन जना छोरी हुन् । भारतको दिल्लीमा होटल सञ्चालन गर्दै आएका उनीहरु असार ३ गते नेपाल फर्किएका थिए । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Loading…