इटहरीका रादन हत्यामा संलग्न ४ जना जेल चलान

इटहरी । आफ्नै छिमेकी दाईको हत्या गर्ने तरहराका ४ जनालाई थुनामा राख्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । गत जेष्ठ १८ गरे इटहरी २० तरहरामा २८ बर्षिय रादन राईको हत्यामा संलग्नहरुलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालत सुनसरीका ७ नम्बर न्यायधिस ध्रुबकुमार उप्रेतीको एकल इजालासले पूर्पक्षका लागि ४ जनालाई थुनामा र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । राईको हत्यामा संलग्न भएका अभिषेक पौडेल, अभिषेक केसी, प्रज्वल तामाङ र मतियार मनोज चौधरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

त्यस्तै सोही घट्नामा मुछिएका तरहराका राजन बानियाँलाई भने धरौटीमा छोड्न आदेश दिएको छ । लकडाउनले बेलायत जानबाट अड्किएका इटहरी २० एकता टोलका २८ वर्षीय राईको आफ्नै छिमेकी भाईहरुले हत्या गरेका थिए । त्यस मध्ये चौधरीले भने उनीहरु ३ जनालाई स्कुटरमा राखेर भगाउँन मतियारकोे भुमिका खेलका थिए ।

तपाईको प्रतिक्रिया

Loading…