लकडाउन पूनः कडाई गर्ने सरकारको तयारी

काठमाडौं / सरकारले पूनः लकडाउनमा कडाई गर्ने भएकाे छ । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले लकडाउन थप कडाई गर्नेबारे छलफल गरेको बताइएकाे छ । लडाउनको उल्लंघन भएको निश्कर्ष निकाल्दै लडाउन कडाई गर्दै जाेखिमलाइ कम गर्ने बिषयमा सिसिएमसीको बैठक केन्द्रित भएकाे थियाे ।

विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गरेको र विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…