एमसीसीबाट पैसा मात्र आउने होइन, प्रविधि पनि आउँछ

नेपालमा कैयौं जलविद्युत आयोजनाका निर्माण पूर्णत भएता पनि प्रसारण लाइनका कमि ले विद्युत देश भित्र र बाहिर पठाउन नसकिएकाले विद्दुतिय उर्जा नै खेर गएको र आयोजनाहरुले पनि घाटा बेहोर्नु परेको छ । दोस्रो विश्वयुद्धपछि संसारको नै शक्तिशाली रास्ट्र बन्न सफल अमेरिकाले सन् १९४७ अप्रिलमा भारत र पाकिस्तानको स्वतन्त्रता पाउनु अघि नै नेपालसँग मित्रभैवी र कुटनैतिक सम्बन्ध गाँस्दै नेपाललाई स्वतन्त्र र सार्वभौम रास्ट्रको रुपमा अन्तरास्ट्रिय समुदायमाझ उभिन अमेरिकीको ठुलै सहयोग छ। यो ऐतिहासिक गुणलाइ एक सच्चा नेपालीले बिर्सिनु हुदैन। सन् १९५५ मा नेपालले संयुक्त रास्ट्र संघको सदस्यता दिलाउन नि रुस र भारतको अप्रत्यक्ष विरोधको बावजुत पनि अमेरिकीको अपरम्पार सहयोग थियो । हामी नेपालीले के बुझ्नु जरुरी छ भने अमेरिकी कम्युनिष्टका शत्रु होलान् तर नेपाल नामक देशको चाहिँ मित्र नै हो । अमेरिका र नेपालका बीच दौते सम्बन्ध रही आयको छ l
विगत ५ वर्ष देखि आर्थिक विकासमा फड्को मारी रहेको देश हो बाङ्लादेश । तिन्को मुख्य उर्जा शक्तिको स्रोत LPG gasबाट अबको ४० वर्षसम्ममात्र धान्ने र त्यसको विशाल नकारात्मक वातावरणीय प्रभावको कारण बाङ्लादेशलाई वैकल्पिक उर्जाको प्रमुख स्रोत नेपालकै जलविद्युत बन्न पुगेको छ । अबको १० वर्षमा दक्षिण कोरियाको आर्थिक स्तरमा पुग्ने लक्ष लियको बाङ्लादेशले नेपालबाट नेपालकै सरकारले तोकेको रु १० प्रती युनिटमा बिद्युत आयात गर्न तयार छ र सन् २०५० सम्म ४५००० मेगावाटसम्म किन्न तयार छ । येहि दरमा नेपालले प्रती मेगावाटको प्रती महिना एक करोड नेपाली रुपैया राज्स्व पाउने छ । बाकी हिसाब आफै गर्नुस् । नेपाललाई कति फाइदा छ ।

भरत महतारा

विगत ७० बर्षको इतिहास केलाउने हो भने भारतको छिमेकी रास्ट्रप्रतीको नीति प्रतिकुल छ। भारतले आफ्नो छिमेकी रास्ट्रहरुले आफुभन्दा उन्नति र प्रगति गरेको देखिसहदैन र क्षिमेकि रास्ट्रको आन्तरिक मामलामा दखल दिन काम सधै गर्दै आयको छ हामीले बुझ्न जरुरी छ । यस्तै अवस्थामा नेपालको भारत हुँदै बाङ्लादेशसम्म प्रसारण लाइन पुगाउने कुटनैतिक अनुरोध भारतले मान्लान् भनेर आश गर्नु व्यर्थ हो। तर यहीँ परियोजनालाई MCCमा राखी भारतमाथी अमेरिकी कुटनैतिक दबाब पारेर खासमा नेपालका प्रशासकहरुले चलाखिपुर्ण कदम उठाएकै हुन् । एस्लाईसकारात्मक मान्ने पर्छ l अमेरिकाको बुइ नचढीकन यत्रो महत्वाकांक्षी परियोजना सफल पार्नु नेपाललाई असम्भव नै हो। हामीले सकारात्मक पक्षलाई केलाउन जरुरी छ सधै भ नकारात्मक कुरालाई बढावा दिनाले आज हामी बिकास उन्मुख देशमा सिमित छौ l

विदेशमा रहेका नेपालीहरुको समेत ज्ञान र अनुभव राष्ट्र-निर्माणमा लगाउन नेपाल सरकारले ब्रेन-गेन सेन्टरको शुरुवात गरेको छ । अनि MCC नभै नेपालको विकास हुंदै नहुने पनि होइन । तर विकासको महत्वपूर्ण पूर्वाधार तयार गर्दा मित्रको सहयोग लिने कुरालाई भीक माग्नु वा गुलामी गर्नुसंग तुलना गर्नुपनि उपयुक्त हुंदैन । मित्र सधै चाहिन्छन चाहे दुखमा होस् या खुशीमा होस् । अहिले धेरै नेपालीहरु जलविद्युत उत्पादनमा लगानी गर्न इच्छुक छन् तर ट्रान्समिसनलाईनमा कसैले लगानीगर्दैन, जो धेरै रकम लाग्छ, तर अति आवश्यक हुन्छ । त्यस्तै नेपालीहरु अहिले गाड़ी मोटरमा धेरै चाहना राखेका छन् तर हाम्रा सड़कहरु मृत्युपास बनेकाछन ।
सडकको स्तरोन्नति गर्न एमसीसीले मदत गर्दैछ । तर एमसीसीबाट पैसा मात्र आउने होइन, प्रविधि पनि आउंछ। अमेरिकासंग धेरै देशहरुमा यस्ता परियोजना सम्पन्न गरेको अनुभव छ, जसबाट हामीले फाइदा लिन सक्छौं। अर्को महत्वपूर्ण कुरा सम्बन्ध हो । अमेरिकाले धेरै खोज-अनुसन्धान र आविष्कार गर्छ, जसबाट हामी एक मित्रदेशको हैसियतले लाभ लिन सक्छौं। अनि कैयौं नेपाली बैज्ञानिकहरुपनि अमेरिकाका विश्वविद्यालय हरुमा, प्रयोगशालाहरुमा काम गरीरहेका छन् र अमेरिकी जनताको मन जितेर साथी बनाएका छन् । यसरी अमेरिकाले नेपालीलाई साथीको रुपमा हेरेर मदत गर्न चाहेको हो । मदत नलिने भए हामी लिंदैनौं भन्न चाहिं पाइन्छ । यो हाम्रो स्वविवेकको कुरा हो । तर गाली-गलौज गर्नु चै हुन्न त्यसले हामीलाई नै असर पर्न सक्छ ।

हो! कुनैपनि चीज आफैमा राम्रो वा नराम्रो हुंदैन। त्यसको समय, सन्दर्भ, आवश्यकता, र संभाव्यताहरुको आधारमा निर्णय लिनुपर्छ । यो सबै कुराको आधारमा नेपालले गरेको यो राम्रो निर्णय हो । एमसीसीको पैसा मन्त्रीज्यूहरुले भाग लगाएर खाने होइन। ५ बर्षभित्रमा हामीलाई आवश्यक पर्ने प्रसारण लाईन तयार हुनेछ, जो हाम्रा विकासका संभावनाहरुलाई साकार बनाउने एउटा आधार बन्नेछ । नेपाल अहिल्यै बन्दैन, १०-२० बर्ष लाग्छ भन्नेहरुलाई सोध्नुहोस – १०-२० बर्षपछिको नेपाली समृद्धि हेर्न हामीले आज के गर्नुपर्छ?

सुरक्षा रणनीतिको पाटो MCC होइन भनेर भन्दिन म तर हिंसा भन्दा फरक अहिँसामा आधारित सुरक्षा रणनीतिको पाटो हो किनभने हिंसाबाट समस्या अझ बल्झेको देखेर बिज्ञहरुको घनीभूत छलफ़ल पछि बन्दूक र गोला बारुदको सटटा प्रेम र सहानूभूतिको मार्गमा हिडनलाई यो MCC को परिकल्पना गरिएको हो । यसलाई कसरी आफ्नो अनुकुल बनाउने त्यो हाम्रो हातमा छ । किनभने हामी गुटगत बन्दूक र गोलाबारूदले खरानी बाहेक केही प्राप्त गर्दैनौं । हाम्रो देशको अनुकुल परिस्थितिको फाइदा नेपाल भित्रका र बाहिरका ब्यक्तिहरुले लिई रहेका छन् त्यसैले हामी एक ठाउमा उभिन जरुरी छ l यही MCC को बहानामा आफु चर्चामा आउने काम गरिरहेका छन् त्यसलाई पनि बुझ्न जरुरी छ ।

MCC संझौतामा रहेका केही बुदामा चित्त नबुझाइ एको चाहि हो र यो स्वभाबिक पनि हो हाम्रो रास्ट्र र हाम्रो रास्ट्रीयता भन्दा माथी अरु केही हुन सक्दैन । भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रियता र देशको स्वाभिमानका बिरुद्ध कसैले सम्झौता गर्न पाउदैन र त्यो हामी नेपालीलाई कदापि स्वीकार्य हुन सक्दैन । यस अवस्थामा अव चाहिँ अमेरिकी र नेपाल सरकारले आपसी बार्ता र छलफलको द्वि-पक्षीय लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन पर्ने हो । संझौतामा रहेका केही बुदाहरु संसोधन होस् र हाम्रो देशको संबिधान र हाम्रो देशको कानुन भन्दा माथि कोही हुन् सक्दैन । यो मेरो व्यक्तिगत धारण हो कसै प्रति लक्षित् छैन ।

तपाईको प्रतिक्रिया

Loading…