कोरोना भाइरसले नेपालको विप्रेषणको पारेको असर

सन् १८१६ को सुगौली सन्धिपछि तत्कालीन ब्रिटिस इन्डियाले नेपालमा भर्तीकेन्द्र स्थापना गरी नेपाली युवालाई निश्चित मापदण्डका आधारमा भर्ना गर्न थालेदेखि यता संगठित रूपमा कामको लागि प्रवासिने प्रचलन प्रारम्भ भएको हो । त्यसभन्दा पहिला नै मौसमी रोजगारका लागि आसाम र नागाल्यान्ड जस्ता ब्रिटेन अधीनस्थ भारतीय क्षेत्रका चियाबगान र कृषि फाराममा काम गर्न जाने परम्परा थियो ।

नेपालका राष्ट्रिय विभूति अरनिको त्योभन्दा पहिला चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालको अद्वितीय कला प्रस्तुत गर्न आफ्ना ८० कालिगढको समूह लिएर प्रवासिएका थिए । यी तथ्यहरूले पुष्टि गर्छन् । वैदेशिक रोजगारको नेपाली परम्परा धेरै लामो छ ।

वैदेशिक रोजगारको इतिहास जति लामो छ विप्रेषण (रेमिट्यान्सको) इतिहास त्यती नै लामो छ । अतः रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । हाम्रो देश नेपालमा कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशतको योगदान रहेके छ तर अहिलेको यस परिस्थीमा विप्रेषणमा सुस्तता छाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययन अनुसार विप्रेषण आयको २५ प्रतिशत अंश ऋण तिर्न प्रयोग हुने गरेको पाईएको छ । २३.९ प्रतिशत खाद्यात्र तथा लत्ताकपडा लगाएतका दैनीक उपभोग्य वस्तुमा खर्च हुने गरेको छ ।

यस्तै ९.७ शिक्षा तथा स्वास्थ्यमा , ३.५ प्रतिशत बिवाह तथा व्रतबन्ध लगाएत सामाजीक कार्यमा, ३ प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखीएको छ । विप्रेषण रकमको २८ प्रतिशत बचत र १.१ प्रतिशत मात्र उत्पादनमुलक क्षेत्रमा लगानी भएको देखीन्छ ।

नेपालीहरुले रोजगारीका लागी जाने खाडीमुलुकहरु साथै अन्य देश मलेसीया, मकाउ,कोरीया, अमेरीकामा पनि कोभीड १९ (कोरोना) भाईरसले ती देशहरुको अर्थतन्त्रमा असर पारेको छ । जस्को परिणाम विप्रेषणको आप्रवहामा देखार्पन थालेको छ । विदेशमा निम्न तथा मध्यम आय भएका श्रमीक तथा ती श्रमीकहरु मा आश्रीत परीवारमा अबका दिनमा कसरी परिवारको लालन पालन, शिक्षा स्वास्थ तथा दैनीक व्यबहार चलाउने भन्ने कुरा मनन्योग्य छ ।

तपाईको प्रतिक्रिया

Loading…