काठमाडौँमा भक्तपुरमा थपिए ५ जना कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँमा भक्तपुरमा थपिए ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार नियमित पत्रकार सम्मलेनमा भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला र काठमाडौँ महानगरका ४ जनामा संक्रमित थपिएका जानकारी दिएका हुन् ।

काठमाडौँका संक्रमितमा ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा संक्रमण देखिएको हो । नेपालमा शनिबार एकै दिनमा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ जना पुगेको छ । त्यस्तै, ३ सय ६५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने शनिबार थप २ जनासहित १३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…