लकडाउनको मोडालिटी परिवर्तन विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं / लकडाउनको मोडालिटी परिवर्तन लगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न चार बजे बस्ने मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल हुने बताइएकाे छ ।

लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…