शिक्षा सुधारको कला प्रचण्डबाट सिक्ने कि ?

हालै सार्वजनिक बजेट भाषणको बुदा नं १६६ मा प्रस्तुत् भएको सामुदायिक विद्यालयलाई निजी विद्यालयको जिम्मा लगाएर अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो यत्तिका समयसम्म आर्जन गरेको शिक्षाको आफैले खिल्ली उडाएका छन् । शिक्षामा गरीने साना भन्दा साना विर्णय पनि शिक्षा मन्त्रिको सहमतिमा हुनु पर्छ । तर यस्तो सम्वेदनशील विषय शिक्षा मन्त्रिको सहमति बिना कसरी सार्वजनिक भयो ? आखिर मन्त्रिको पदमा पुगेपछि किन यस्तो नपुंसक काम गर्छन् नेताहरु ?

डा. युवराज खतिवडा त दुइटा विषयमा स्नातकोत्तर उपाधि अनि पि. एच. डि. गरेका शिक्षित ब्यक्ति हुन् , त्यसका साथै रिसर्चमा धेरै समय काम गरेका छन् । उनले शिक्षाको क्षेत्रमा के रिसर्च गरे ? २७,९१४ सामुदायिक विद्यालयलाई ६,५६६ निजी विद्यालयको जिम्मा लाउन कुन हिसाबले भाग लगाएका होलान् ? सामान्य मानिसको नजरमा बोर्डिङ स्कुल सामुदायिक स्कुलको तुलनामा धेरै राम्रो छ । वश त्यही भयो डा. खतिवडाको नजरमा पनि ।

उनले किन सोचेनन् कि सम्पूर्ण सामुदायिक विद्यालयमा उल्लेखित तह पास भएका शिक्षित युवा मात्र चयन हुन्छन् जब कि बोर्डिङ स्कुलमा त्यस्तो मापदण्ड हुन्न । उनले किन बोर्डिङ र सामुदायिक स्कुलको उत्पादनको मुल्यांकन गरेनन् ? मैले देखेको बोर्डिङले हाम्रा बालबच्चाहरुलाई विदेशी भूमिको लागि तयार गरीरहेकोछ । क्षणिक नतिजामा ध्यान दिएर विद्यार्थीलाई सुगा बनाएकोछ । बिचरा शिक्षकहरुले प्रशासनको दवावमा आएर होस् या जागिर बचाउन फकाएर वा तर्साएर, कुनै स्कुलमा त आफै लेखिदिएर पनि नतिजा राम्रो देखाएका छन् ।

अर्कोतिर सामुदायिक स्कुलले पनि जहिले बोर्डिङ स्कुलमा तुलना भएर हतोत्साहित हुनु परेकोछ । बिचरा शिक्षक ! कहिले कुन नेताको दिमाग खुकुलो भएर च्वास्स मनमा बिझ्ने गरी सित्तैमा तलब दिएको जस्तो गाली खानु पर्छ भने कहिले सर्वसाधारणको गाली ! प्रधानध्यापले नि माथिको प्रेसरले बारम्बार शिक्षकलाई थर्काएकै छन् । खैर ! उनी पनि शिक्षक नै हु । विवश देखिन्छन् । नतिजा बनाउने क्रममा निश्चित मापदण्ड त छ त्यहाँ । तर के गर्नु ? कत्ति शिक्षकले त आफ्नै अड्कलले सुँईसुँई नम्बर भर्छन् । त्यो हुनुको कारण मापन गर्ने तरिका नबुझेर अनि आलस्यता हो भन्ने बुझे मैले । यहाँ म कारणमा अल्झिन्न, वश यति भन्छु कि नजिता लगभग कागजमा मात्र देखिन्छ , चाहे त्यो सामुदायिक विद्यालय होस् या निजी !

शिक्षित वर्ग रहने ठाउँमा पनि सामुहिक रुपमा शिक्षकको आत्मसम्मानको बलात्कार हुन्छ । यो मेरो भोगाई हो । मैले सामुदायिक विद्यालयमा पढेर पनि विभिन्न निजी विद्यालयमा अँग्रेजी विषय अध्यापन गरेर लगभग १२–१५ वर्ष काटेकोछु । पहाडी भेगमा रहेको सामुदायिक विद्यालयमा पनि ४ वर्षसम्म मा. वि. (१०+२)मा अटुट सेवा दिएकोछु । एक शिक्षक भएर सम्झदा दुवै ठाउँमा काम गर्दा मलाई उस्तै महसुस् भयो । आत्मसम्मानमा चोट प¥यो । विद्यार्थीको क्षणिक नतिजाको आधारमा मुल्यांकन हुन्छ एक शिक्षकको क्षमता । शिक्षा कुनै जादुको छडी घुमाएर दिने ज्ञान होइन, जो विद्यार्थीले केही समय मै प्राप्त गर्न सकुन् । त्यही कारण त वर्षौसम्म विद्यालय र विश्वविद्यालय जाने व्यवस्था छ । त्यत्तिका चरण पार गर्दा पनि शिक्षाको सही सदुपयोग गर्न नसक्नु बढो विडम्बना हो ।

हाम्रा नेता तथा मन्त्रि वर्गलाई नै हेरौं न । भलै अर्थमन्त्रि ज्युले कुरा बटारे । तर उनले शिक्षा जस्तो सम्वेदनशील विषयमा बजेट भाषणमा जे भने त्यसले छर्लङ्ग हुन्छ कि हाम्रो शिक्षा सुधार्न सकिन्न भनेर लाचार भइ उनले आत्मसमर्पण गरेका हुन् । कठै हाम्रा विद्यार्थीहरु ! मन्त्रिले त जनताको हितमा काम गर्नु पर्छ । झन् शिक्षा त विकासको पूर्वाधार हो । यस्तो महत्वपूर्ण क्षेत्रलाई महत्व नै दिन नसकेको सरकारले देश कता मोड्ला ? त्यो अनुमान गरौं त ?

मलाई स्मरण छ , माओवादीले नेपालका सम्पूर्ण निजी लिद्यालय बन्द गर्ने अभियान सुरु गर्दा मेरो पनि जागिर चट भएको थियो । मलाई त्यसमा गुनासो होइन । हजारौं शिक्षाका लगानीकर्ता, शिक्षक, कर्मचारी अनि विद्यार्थीलाई पनि प्रत्यक्ष असर परेको थियो । तर त्यसै बेला जब म गाउँमा एक निजी विद्यालयमा शिक्षक हुन पुगे, त्यहाँ तिनै माओवादी कार्यकर्ता लगानीकर्ता र शिक्षकको रुपमा सेवा दिइरहेका थिए । उफ ! यो कस्तो राजनीति हो, मैले बुझिन । तर यति बुझे, राजनीतिले शिक्षा डमाडोल पार्छ ।

शिक्षामा बारम्बार हस्तक्षेप गर्ने ति राजनितिज्ञहरुले के उदेश्यले गर्छन् , त्यो उनीहरुले जानुन् । तर एक कम्पनीको सिइओले त कुनै फाइदा नदेखी पाइला अगाडि बढाउदैन भने यि नेता र मन्त्रिका के फाइदा छन् शिक्षालाई झन् कमजोर बनाएर । आज सामुदायिक विद्यालय निजीलाई सुम्पने, भोलि सम्पूर्ण सरकारी ब्यवस्था नै निजीकरण गर्ने, अनि पर्सि देश नै भारतलाई सुम्पिने सुरुवाति योजना त होइन ? खबरदार ! यदि त्यस्तो हो भने तिमीहरु जस्तो गद्दारलाई जनताले नै पछार्छन् । के आफ्नै आमालाई बलत्कार गर्न सक्छौ ? आखिर कहिलेसम्म उडाउँछौ आफ्नै इज्जतको धज्जी ?

त्यस्तो गरीमामय पदमा पुगेका ब्यक्तित्वले त देशलाई अगाडि धकेल्नु पर्नेमा किन पछाडि तान्दैछन् ? यो त आफैले आफ्नै खुट्टामा बञ्चरो हानेको हो । यदि आफ्नो घरको छानो चुहिन्छ भने त्यसलाई आफैले बनाउनु पर्छ । ठिक त्यस्तै आफ्नो जिम्मेवारी पूरा गर्न मन्त्रिले व्यहारीक रणनीति लागु गर्नु प¥यो । अर्काको झोलीमा पन्साउने काम होइन । सकिन्न भने राजिनामा देउ । जे सकिन्छ , त्यो मात्र गर्नु पर्छ । नसक्ने काममा हात हालेर कलंकित नबन ।

हाल कोरोनाको कारण निजी विद्यालयहरुले प्रविधिको माध्यमबाट कक्षा संचालन गरेकाछन् । तर सार्वजनिक विद्यालयले किन सकेन ? नगण्यले मात्र गरेको देखिन्छ । त्यो रिसर्च गरेर सबै सामुदायिक विद्यालयको कक्षा चलाउ न । तिम्रा शिक्षकका लागि पनि तालिम ब्यवस्थापन गर न । आफ्ना जनशक्तिलाई यति उत्प्रेरणा देउ र शक्तिशाली बनाउ कि उनीहरुले शिक्षक हुनुमा गर्व गरुन् , न कि हतोत्साहित हुन् । प्रचण्ड ज्युबाट त्यो कला सिक, जसले नेपालको इतिहासमा रेकर्ड बनाएका छन् कि देशभक्त भएर कसरी सेवा गर्ने ? हतियार उठाउन होइन, गुणस्तरीय शिक्षा उत्पादन गर्न उत्प्रेरणा कसरी दिने, त्यो शिक्षा । (याे लेखककाे निजी बिचार हाे )

तपाईको प्रतिक्रिया

Loading…