कालो मासु हुने कडकनाथ कुखुरा, व्यवसायी भन्छन् कडकनाथ खोज्दै खोरमै आउछन् ग्राहक

इटहरी / सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिकाका एक किसान स्थानीय जात तथा कडकनाथ कुखुरा पालनमा जोड दिइरहेका छन् । बिरलै पाइने कडकनाथ जातकाे कुखुरा पालेर उनि उदाहरण बनेका छन् । झन्डै एक हजार कुखुरा पालेका बराहक्षेत्र –३ भानुटाेलका राजेन्द्र कुमार तामाङ स्थानीय जातका कुखुराका साथै कडकनाथकाे माग अत्यधिक रहेकाले अझ थप्ने तयारी समेत गरिरहेका छन् । कालो जातको यो कुखुरा कालिजजस्तै हुन्छ । बजारमा उक्त कुखुराको मासु प्रतिकेजी २ हजार ५ सय रुपैयाँ सम्म बिक्छ ।

उनको खोरमा २५ काे हाराहारीमा ‘कडकनाथ’ जातका कुखुरा पनि छन् । ‘कालो रंग र मासु पनि कालै हुन्छ तर रक्तचाप, बाँझाेपन, मुटु र पेटसम्बन्धी लगायतका रोगका बिरामीलाई राम्रो गर्छ,’तामाङ भने, ‘अब लोकल कुखुरा र कडकनाथको समेत फरकफरक उत्पादन बढाउने तयारीमा छु ।’

लाेकल कुखुरा पनि प्रतिकेजी ७ सय, कडकनाथ १००० रुपैयाँमा खोरबाटै बिक्री हुन्छ । कडकनाथको महत्त्व बुझेपछि टाढाटाढाबाट माग भइरहेको उनले बताए । ‘धरान, इटहरी लगातका स्थानहरूबाट कडकनाथको खोजी गरेका छन्,’ तामाङ भने, ‘लोकल र कडकनाथलाई हत्पती रोगले पनि छुन सक्दैन ।’ स्थानीय कुखुरा र कडकनाथ ब्रोइलर जस्तो वजनदार भने हुँदैनन् । ब्रोइलरलाई २ देखि साढे दुई महिनामा बेचि सक्नुपर्छ । नत्र मासुभन्दा दानापानीको मूल्य बढी परिदिन्छ । यो अवधिमा ब्रोइलर ३ देखि ४ केजीसम्मको भइसक्छ । स्थानीय जातको कुखुरा भने ७ महिनादेखि एक वर्ष पालेपछि बल्ल तीन केजी जति हुन्छ । तर यसलाई दानामा धेरै खर्च हुँदैन । बारीको कलिलो घाँस र घरैमा पाइने धान, मकै र गहुँ तथा भटमास खुवाउन सकिन्छ ।

१५ बर्ष बैदेशिक राेजगारी अन्तर्गत मलेसियामा कार्यरत तामाड अहिले कुखुरापालनबाट आफु सन्तुष्ट रहेकाे बताउछन् । उनि भन्छन् लकडाउनकाे बेलामा पनि धरान इटहरी लगायतका स्थानहरूकाट खाेरमै ग्राहकहरू कुखुरा किन्न अाएका छन्, उनि थप्छन् कडकनाथ कुखुराकाे डिमान्ड धेरै रहेछ, सुरूवाती चरणमा काठमान्डाैबाट कडकनाथ जातका चल्ला २०० रूपैया प्रतिगाेटा किनेर ल्यणाएका तामाङले अब कडकनाथका अण्डा लाेकललाइ काेलल्न दिने बताए । अब अरू जग्गा भाडामा लिएर व्यवसाय बिस्तार गर्ने उनकाे साेच रहेकाे छ ।

कालो मासु हुने कुखुरा कडकनाथ

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।

भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदायमा लोकप्रिय रहेकाे छ | आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ ,२. .सिल्की , ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने , रोग प्रति रोधात्मक छेमता भएको ,केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ ।

पोषण तत्व

१ )प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ |

२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ |
३)अमीनो एसिडको मात्रा उच्च हुन्छ

४) भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ |

मेडिसनल महत्व

१ ) महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|

२) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।

३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।

४) यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण ,रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।

५ ) यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।

नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ | यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ | हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ|

तपाईको प्रतिक्रिया

Loading…