कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २० हजार, पिडित श्रमिकलाई खाद्यान्न वितरणमा त्रिब्रता

दोहा : कतारमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या २० हजार ६ सय ४ पुगेको छ । सुक्रबार मात्र ५,२०५ जना निको भएर घर फर्किएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा सुक्रबार थप १,९९३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएसंगै सङ्क्रमणको सङ्ख्या ५२ हजार ९ सय ७ पुगेको छन् भने अहिलेसम्म कोरोनाबाट ३६ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी कामदारहरु रहेको बताइएको छ ।

कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक सार्वजनिक नगरे पनि गत हप्ता गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कतारमा ६ हजार ९ सय ११ जना नेपालीमा कोरोना सङ्क्रमण भएको जनाएको थियो । यता,गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले कोरानाको कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरणको कार्यलाई त्रिब्रता दिएको छ ।

राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न एघारौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका ६२२ जना कोरना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको उद्दार तथा राहत बितरण समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाली दूतावास परिवार,आईसीसी आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष कुमार खड्का, एनसीसी महासचिव पदम गिरी, एनसीसी कोषाध्यक्ष बिनोद बसौला लगायतको उपस्थिति रहेको थियो ।

कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न अनुरोध गरिएको गैर आवासिय नेपाली संघ कतारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…