आजको परिप्रक्ष्यमा चालीनु पर्ने कदम

२०७६ पौष १५ गते निमोनियाका बिरामीको संख्या वुहानमा एक्कासि बढ्दै गयो । त्यसको एक सातापछि नयाँ कोरोना भाइरस आएको पुष्टि भयो । आजका दिनसम्म पचास लाख भन्दा बढि संक्रमित छन र तिन लाख भन्दा माथिको मृत्यु भईसकेको छ । यस कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ० ले संसारका सबै देशमा छोएको छ ।

यो महामारिको उपचारका लागि गरिने खोप कम्तीमा पनि नौ महिना देखि चौबिस महिना लाग्ने पुष्टि भएको छ । पहिलो चरणको सफलता पछि दोस्रो चरणमा परिक्षण सुरु भएको छ । खोप नआउँनु जेल सम्मको लागि यसलाई रोकथाम गर्ने एउँटै विकल्प लकडाउन हो । चीनकोवुहान शहरमा पनि लकडाउन कै कारण यो महामारि थप फैलिन दिईएन र नियन्त्रण गर्न सक्यो । धेरै जसो देशमा पनि लकडाउ नै गरेको पाईन्छ ।

आज हामी करिब दुई महिनादेखि लकडाउन अवधि पार गरेका छौं । लकडाउन कै कारण भाइरस फैलिन तुलनात्मक रुपमा कम भएको छ तर अर्कोतिर अर्थतन्त्र धरासाही बनेको छ । कोरोना भाइरसलाई हामी एउटा आईस वर्गका रुपमा लिन सक्छौं । देख्दा एक भाग सानो हुने तर नदेखिने भागले धेरै प्रभाव गर्ने । यो महामारिले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक र सामाजिक क्षेत्रमा धेरैनै प्रभाव देखिन्छ ।

देशले आज कहिल्यै कल्पना नगरेको आर्थिक, सामाजिक र स्वाथ्य सम्बन्धि समस्या भोगिरहेको छ । सानो तथा मझौला उद्योग देखि लिएर ठूला उद्योग निर्माण साथै होटल सबै ठप्प छन । उद्योग व्यवसाय बन्द हुँदा यस्को असर त्यसका लगानि कर्ता मजदुर र उनका परिवार बैंक तथा वित्तिय संस्था लगाएत उत्पादन र बजारीकरणमा प्रभाव पर्छ ।

नेपालमा साना तथा मझौला उद्योग चार लाख अठार हजार छन भने ठूला उद्योग सात हजार आठ सय छन, जसले तिस लाख रोजगारि सृजना गरेको छ । उद्योग र व्यवसायले पच्चीस प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान गरेको छ । यि कल–कारखानाहरुमा बैंकको रु.३२ खर्ब ५० अर्ब लगानि छ । त्यसै गरि विकास निर्माणमा बिस लाखले रोजगारि पाएका छन भने झन्डै ७.५ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान छ । आठ हजार होटल रहेका क्षेत्रमा आठलाख भन्दा बढि रोजगारि जोडिएको छन ।

प्रति वर्ष नेपालमा नयाँ श्रमशक्ति पाँच लाख बाह्र हजार आउँने गर्दछन भने एक लाखले मात्र रोजगारि पाउँछन । अहिलेको स्थितिमा २० प्रतिशत भन्दा बढि बिदेश वा छिमेकबाट नेपाली स्वदेश फर्कर्न रुचाएका छन ।

विश्व स्वास्थ्य संस्थाले पनि यो कोरोना भाइरस जिवनभरनै रहन सक्ने आशंखा गरेकोछ । हामीले कोरोना भाइरस संगै भएर अगाडि बढनु पर्ने स्थिती नआउँला भन्न सकिन्न अर्कोतिर हामीले एच.आई भी एड्स जस्तै रोग प्रतिरोधक क्षमता बढाउँने खोप लगाएर मृत्यूबाट बच्न र यो स्थितीलाई सामान्य मानेर हिड्नु पर्ने पनि हुन सक्छ नेपालमा हालसम्म ८५ प्रतिशत उद्योग र व्यवसायको नाफा घटिसकेको पाईन्छ भने १२ लाखले भन्दा धेरैले रोजगारि गुमाएका छन । साना तथा घरेलु उद्योगले घरभाडा, कर्मचारीहरुको तलब साथै ब्याज तिर्न
सकेका छैन्न । रेमिटेन्समा २० प्रतिशत भन्दा बढि प्रभाव देखिन्छ । उद्योग व्यवसायमा प्रभाव हुँदा धेरै रोजगारि जोखिममा परेका छन । रोजगारिकालागि पहिलो गन्तब्यमा पर्ने खाडि मुलुक तेलको मुल्य गिरावटका कारण आर्थिक मन्दी जान सक्ने अनुमान छ । त्यहाँ रहेको नेपालीको रोजगारिमा पनि असर पर्ने देखिन्छ ।

अब यो लकडाउन कति समय सम्म लम्ब्याउँने रु खोल्दा कति चरण गरि खोल्ने रु आजको धेरै मानिसको मनमा यहि प्रश्न रहेको छ तसर्थ यदि लकडाउन लम्बीदै गयो भने धेरै रोजगारि गुम्ने अवस्थामा पुग्छन,जस्को सिधै प्रभाव जिवनयापन थप कष्टकर हुन जान्छ । छिमेकमा रहेको भारत जो संग हाम्रो संस्कृति, खाद्य शैली लगाएत रितिरिवाज मिल्न जान्छ, त्यहाँ भएको कोरोना भाइरसका कारण मृत्यु तथ्याङ्ग हेर्ने हो भने ६० देखि ७५ वर्ष उमेर समुहको कुल ४२ प्रतिशत छ, ४५ देखि ६० वर्षको संख्या ३४ प्रतिशत छ त्यस मध्ये पनि मधुमेह, हृदय विकार र मृगौलाको मृत्यु हुने संख्या ७८ प्रतिशत रहेको छ ।

नेपालको तथ्याङ्ग अनुसार ७१.५ प्रतिशत अर्थात दुई करोड भन्दा बढि जनसंख्या काम गर्ने वर्गमा पर्दछन युवा जनशक्ति (१७–४५) वर्ष मा ५७ प्रतिशत पर्दछन । यस्तो युवा जनशक्ति भएको देशले त्यति धेरै त्रास लिनुपर्ने भने देखिन्न । अहिलेको परिस्थतीमा धेरै भाइरसका कारण प्रभावित देशले पनि लकडाउन खोलिसकेको वा सहज गर्दै आएको छ । स्पेन, जर्मन जस्ता देशमा रेष्टुरा, बार लगाएत पार्क संचालनमा आईसकेका छन । भारतमा भने क्रमिक रुपमा सुरक्षा अपनाएर लकडाउनलाई सहज बनाउँदै आएको छ ।

रोजगारि गुमाउँने डर एकातिर छ भने अर्कोतिर साधारण मानिसलाई सामाजिक दुरि कायमका कारण डिप्रेशन, तनाव पनि सृजना हुन जान्छ । आफुले चाहेको मान्छे वा साथिसंग आफ्ना कुरा राख्न नपाउँदा र सामाजिक संजालले ल्याएको नकारात्मक कुरामा ध्यानाकषर्ण हुँदा यस्ले मानसिक स्वास्थ्य र रचानात्मक कला गुमाउँन जान्छन ।

जर्मनि, स्पेन, इटली र भारत जस्ता देशहरुले गरेको निर्णय एउटा बौद्धिक निर्णय ठान्दछु । आज यस महामारिले असर गरेको प्रत्यक्ष रुपमा ५० लाख होलान भने अप्रत्यक्ष रुपमा अरबौं छन, यस महामारिका कारण आगामि दिनमा स्वास्थ्य भन्दापनि आर्थिक र सामाजिक चापका कारण बाँच्न गाह्रो हुने देखिन्छ । नेपालमा पनि अब लकडाउन खोल्नुपर्छ र यस अर्थतन्त्रसंग जोडिएको व्यापारि, कर्मचारी बैंक तथा विक्तिय संस्था जोगाउँन जरुरी छ । अथतन्त्र चलाउँन आवश्यक छ ।

तपाईको प्रतिक्रिया

Loading…