हिले ब्यारेकमा कार्यरत हबल्दार मेजरको शंकास्पद मृत्यु भएको भन्दै छानबिनको माग

धनकुटा / नं २ बाहिनी अड्डा हिले धनकुटामा कार्यरत नेपाली सेनाका हबल्दार मेजरको शंकास्पद मृत्युु भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । मृत्यु हुनेमा रामधुनी ३ का हबल्दार मेजर पर्सुुुुुराम भट्टराई हुन् । जेठ ५ गते भएको घटनामा परिवारलाई जानकारी नदिई उपचारको लागि बिराटनगरस्थित बिराट मेडिकल कलेजमा ल्याईएको थियो । भट्टराईको टाँउकोमाा गहिरो चोट छ ।

सेनाले आफै एम्बुलेन्सबाट उनलाई बिराटनगर ल्याएको बताईएको छ । तर परिवारजनले भने भट्टराईको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । परिवारका सदस्यलाई घटना भएको ४८ घण्टापछि मात्र जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाएका छन् । घटनाको बिषयमा हिले ब्यारेकका एक क्याप्टेनले शव नबुझे सेनाबाट प्रप्त हुने सम्पूर्ण सुबिधाहरू रोक्का हुने भनेको मृतकका दिदी लक्ष्मी सुवेदीले जानकारी दिईन ।

घटना शंकास्पद छ, हिले ब्यारेकले यसको सत्यतथ्य जानकारी नदिएसम्म हामी शव बुझदैनौ उनले भनिन् यसमा पत्रकार र मानवअधिकारकर्मीले छानबिन गरिदिनु पर्यौ । यता सेनाले भने भट्टराई सिढीबाट खसेर मृत्यु भएको दाबी गरेको छ । उनको उपचारको क्रममा मृत्युु भएको जनाएको छ। अपराध न्यूज

तपाईको प्रतिक्रिया

Loading…