इटहरीमा रोकिएन हात्ती आतंक : इटहरीका विभिन्न बस्तिमा हात्ती प्रवेस संगै स्थानियमा फैलियाे त्रास

इटहरी/ यतिखेर इटहरीका विभिन्न बस्तिमा हात्ति छिर्न थालेका छन् । केही दिन अघिमात्र ईटहरी ५ का बिभिन्न बस्तिमा छिरेका हात्ती साेमबार राति इटहरी २ र ३ मा समेत देखा परेकाे हाे । हात्ती बस्तिमा पसेसङ्गै गाउँ बासिमा त्रास फैलिन थालेकाे छ ।

दैनिक जसाे यसरी जङ्गलि हात्ती बस्तिमा छिर्दा गाउनै त्रसित बन्न थालेकाे स्थानियकाे भनाइ छ । साेमबार राति ९ बजे इटहरी ३ बाट २ नम्बर वडा तर्फ प्रबेष गर्दै बस्तिमा छिरेकाे स्थानियले बताएका छन् इटहरी प्रहरीले हात्तीको नजिक नजान,नजिस्क्याउन र सचेत हुन आग्रह गर्दै आगोको मुस्लो बालेर अपिल गरेको छ । केहिदिनयता इटहरी बजार क्षेत्रमा राती हात्ती आउदा स्थानीय बासी त्रसित बनेका छन ।

तपाईको प्रतिक्रिया

Loading…