थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितकाे संख्या ६८२ पुग्याे

इटहरी / सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याे सगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६८२ पुगेकाे छ । व्यक्तिहरू १० देखि ३२ वर्षका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।

यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए । अहिलेसम्म १ सय १२ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading…