भारतमा २४ घन्टायता ६ हजार ९७७ संक्रमित

भारत । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । –एएनआई

तपाईको प्रतिक्रिया

Loading…