उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

उदयपुर / उदयपुरमा धारिलो हतियार प्रहार गरी सोमबार विहान एक जनाले आफ्नै श्रीमतिको हत्या गरेका छन । रौतामाई गाउँपालिका – ८ झिरुडाँडामा स्थानीय ५२ बर्षीय बिष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ बर्षीया श्रीमति नेप्टिमाया भन्ने दिलमाया तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिष्णुले धारिलो हतियार प्रहार गरी श्रीमति दिलमायाको हत्या गरेको भन्ने स्थानीयले जनाकारी गराएको प्रहरी उपरिक्षक बिरबहादुर बुढामगले वताए ।

हत्यामा संलग्न रहेका बिष्णुलाई नियन्त्रमा लिइएको प्रहरी उपरिक्षक बुढामगरले वताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल तफ गएको उनले वताए ।

तपाईको प्रतिक्रिया

Loading…