इटहरी – सुन्दरहरैंचा सिमा बिवाद : हेपाहा प्रवृतिले गरेकाे अवराेधलाई सहेर नबस्ने नगर प्रमुख ढकालकाे उद्घाेष

सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको पश्चिम तर्फकाे सिमाक्षेत्र अन्तर्गतकाे बुढी खाेलालाई तटबन्धन गरि अाधुनिक किसिमको दाहासंस्कार बनाउँने कार्यलाई इटहरी उपमहानगरपालिकाले गरेको अवरोधप्रति सुन्दरहरैंचाका स्थानीय तथा जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको ७० लाख बराबरको लागतमा पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ सुन्दरहरैंचा तथा इटहरी सिमामा तटबन्धन निर्माण भइरहेको छ । तटबन्धन निर्माण हुनुपूर्व सो स्थानमा चौपाया पाल्ने गोठ तथा तटबन्धनको पुरानो जाली रहेको स्थानीयकाे भनाइ छ । खाेला टतबन्धन गरिएको सिमानाकाे पुरानाे लगाएकाे जालीभन्दा पनि ५ मिटर भित्र अर्थात् सुन्दरहरैंचाको क्षेत्रतर्फ अहिले तटबन्धन गरिएकाले यो विवाद इटहरीले गर्नुको कुनै औचित्य नभएको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले बताए । उनले मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीको सिमानामा बग्ने बुढी खोलाको बाढीले २ वर्ष अघि सुन्दरहरैंचा र इटहरी दुवैतर्फ जनधनको ठूलाे क्षति गरेकाे उल्लेख्य गर्दै फेरि पनि त्यसरी नै बस्ती जोखिममा पर्ने देखिएकाले जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको बजेट मार्फत् खोलामा तटबन्ध शुरु गरिएकाे बताए

नगर प्रमुख ढकालले नगर प्रहरी सहित स्थानीय र काम गरिरहेका मजदुरमाथि गुण्डागर्दी शैलीमा इटहरी उपमहानगरपालिका प्रस्तुत भएको अाराेप लगाए । सुनसरीका जनप्रतिनिधि मोरङमा अनाबशेक रुपमा विवाद गर्न आउने अधिकार नभएको र यसरी जनतालाई त्रसित पार्ने गतिविधि तत्काल रोक्नुपर्ने नगर प्रमुख ढकालले उल्लेख गरे । उनले इटहरी उपमहानगरपालिकाले सिमा क्षेत्रमा गरेकाे विकास निर्माणकाे कार्यलाई सुन्दरहरैंचा नगरपालिकाले कुनै प्रकारकाे बाधा पुयाएर अवराेध गरि विवाद नगरेकाे उल्लेख गर्दै अाफ्नाे नगरपालिकाले गरेकाे विकास निर्माणकाे कार्यलाई हेपाहा प्रवृतिले अवराेध गरेकाे प्रती दुःख व्याक्त गरेका छन । नगर प्रमुख ढकालले दुवै छिमेकी नगरकाे भुभागलाई संरक्षण गर्न तटबन्धन गरिएकोले कसैले गरेकाे दादागिरी र हस्तक्षेपलाई अाफु र अाफ्ना नगरवासीले सहेर नबस्ने बताउँदै सुन्दरहरैंचा नगरपालिकाकाे विकास निर्माण र पूर्वाधारका कुरालाई अाफुहरुले नराेक्ने बताए ।

आफ्नो क्षेत्रमा विकास निर्माणकाे कार्य गर्न पाउँने अधिकार स्थानीय सरकारमा भएकाले आफ्ना जनतालाई सुरक्षित राख्न, दैविक प्रकोप, बाढीहरुबाट जनतालाई सुरक्षित राख्न र मानव जीवनको अन्त्य सँगै गरिने अन्तीम संस्कारका लागि प्रवन्ध मिलाउन काम गरिरहेको अवस्थामा इटहरीले आपत्ती जनाउनु आफैमा खेदजनक भएको र अर्को पालिकालाई ठाडो हस्तक्षेप गरिएकाे नगरप्रमुख ढकालले उल्लेख गरे ।

इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चाैधरीले आफूहरुले सुन्दरहरैंचा नगरपालिकालाई कुनै नराम्रो व्यावहार गर्न सिमाक्षेत्रमा नगएको साथै काम रोक्न मात्र अनुरोध गरेको बताए । उनले दुई छिमेकी पालिका बसेर समझदारीमा अापसी छलफल गरि काम गर्नुपर्नेमा सुन्दरहरैंचाले समन्वय नगरी तटबन्धन निर्माण गर्नु गलत भएको जानकारी दिए । मेयर चाैधरीले दुई स्थानीय तह र सरकार बिच भद्र सहमतिमा छलफल गरेर मात्र अब काम अघि बढ्ने बताए । उनले सडक क्षेत्रमा रहेकाे ठूलाे पुलकाे छेउमा कंक्रिटकाे काम गर्दा खाेलाकाे धार परिवर्तन भएर समस्या हुने भएकोले अापसी सहमतिमा काम गर्दा राम्रो हुनेमा सुन्दरहरैंचाले एकतर्फि रुपमा अाफु खुसिले विकासकाे नाममा तटबन्धन गरेर दुः ख दिन खाेजेकाे पूर्वेली न्यूज संगकाे कुराकानीमा उल्लेख गरे ।

इटहरी उपमहानगरपालिका मेयर चौधरी सहित उपमेयर लक्ष्मी गौतम र नगर प्रहरी लगायतकाे टाेलीले सुन्दरहरैंचा र इटहरीकाे सिमा क्षेत्रमा भैरहेको विकास निर्माणकाे कार्यलाई रोक्न दबाब दिएर काममा अवरोध गरेकाे सुन्दरहरैंचा नगरपालिकाकाे अाराेप रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…