इटहरीमा भोलि देखि अत्यावश्यक पसलहरु खुल्ने

इटहरी । इटहरीमा भोलि देखि अत्यावश्यक पसलहरु खुल्ने भएका छन् । कोरोना संक्रमित भेटिए सँगै पूर्ण रुपमा बन्द रहेको इटहरीमा अत्याश्यक पसल खोल्न दिईने भएको छ । पाँच दिन सम्म बजार पूर्ण रुपमा बन्द हुदा सर्वसाधरणहरुले अत्यावश्यक पसल नखुल्दा ,तरकारी तथा खाद्यन्नको समस्या हुन थालेको भन्दै भोली सोमबार देखि अत्याश्यक खाद्यन्न तथा तरकारी पसलहरु ७ देखि १० बजे सम्म खोल्न पाईने उप प्रमुख लक्ष्मी गौतमले बताएकी छिन् । बिहान ७ देखी १० पश्चात लकडाउनलाई भने कडा बनाईने इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…