इटहरी सहित २४ नयाँ करदाता कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय

इटहरी / सरकारले इटहरी सहित २४ नयाँ करदाता कार्यालय स्थापना गर्ने निर्णय गरेकाे छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभाग अन्तर्गत रहने गरी करदाता सेवा कार्यालय इटहरी, सुनसरी सहित कावासोती, जुम्ला, डडेलधुरालाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको जनाएकाे छ ।

भोजपुर, पथरी (मोरङ), ओखलढुंगा, जलेश्वर (महोत्तरी)मा भने नयाँ करदाता सेवा कार्यालय खोलिएको छ । यसैगरी लालबन्दी (सर्लाही), कलैया (बारा), चन्द्रपुर (रौतहट), सिन्धुली, मन्थली -रामेछाप), चरिकोट (दोलखा), खैरहनी (चितवन)मा समेत नयाँ कार्यालय स्थापनाको निर्णय अर्थ मन्त्रालयले गरेको छ ।

यसैगरी बेसिशहर -लमजुङ), परासी -नवलपरासी पश्चिम) , पुतलीबजार (स्याङ्जा), कुश्मा (पर्वत), तमघास (गुल्मी), सन्धीखर्च -अर्घाखाँची), तौलिहवा (कपिलवस्तु), चकचके (प्यूठान), श्रीनगर (सल्यान), गुलरिया (बर्दिया), साँझेबगर (अछाम) र दिपायल (डोटी)मा नयाँ करदाता सेवा कार्यालय स्थापनाको निर्णय गरेकाे छ । त्यस्तै अर्थ मन्त्रालयले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थमा भन्सार कार्यालय स्थापनाको समेत निर्णय गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…