चतरामा २ सय बेड क्षमताको क्वारेन्टाइन

चतरा / स्थानियवासीको असहमतिको बाबुजुत पनि सुनसरीको वराहक्षेत्र १ चतरा स्थित जगद्गुरु रामानन्दाचार्य सेवा पीठमा २ सय सिट क्षमताको जिल्ला स्तरिय क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ ।

सेवापिठको योगा हलमा २ सय बेडको क्वारेन्टाइन बनाउन जिल्ला प्रसासन कार्यालय सुनसरीले मागेपछि भवन दिर्ने निर्णय गरेको सेवापिठको अध्यक्ष गणेश सुव्वा बिरहीले बताए ।
बिरहीका अनुसार हलका साथै नजिकै रहेको ब्ल नं सि को ६० कोठाको एउटा भवनसमेत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि प्रयोग गर्न दिने निर्णय गरिएको छ । पीठमा तीन वटा भवनमा जम्मा १ सय ३२ ओटा कोठा छन् ।

स्थानीयले उढाएको सुरक्षा र स्वास्थ्यको व्यस्थापन प्रशासनले गर्ने भएपछि पीठले भवन उपलब्ध गराउने भएको उनले बताए । ‘हामीले क्वारेन्टाइनको प्रस्ताव आउने बित्तिकै पहिलो सुरक्षाको राम्रो व्यवस्था हुन्छ भने मात्रै दिन्छौ भनेका छौँ,’ उनले भने, ‘खानेपानी र विद्युतको असुविधा रहेको बताउँदा सुनसरीका प्रमुख जिल्ला अधिकारीले आफै व्यवस्था गर्ने बताएका छन् ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलले नगरको समन्वयमा प्रदेश र जिल्ला क्वारेन्टाइन बनाउने बताए । यसअघि बराहक्षेत्र नगरपालिकाले नगरका तीन वटा सामुदायिक स्कुलमा क्वारेन्टाइन बनाउने निर्णय गरि सकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…