कोरोनाबाट कुवेतमा एक नेपालीको मृत्यु

कुवेत / कुवेतमा कोरोना भाइरस सङ्क्रमणको कारण एक नेपालीको मृत्यु भएको छ। उनी कुवेतमा कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् । ललितपुर किर्तिपुर पाँगाका ३८ बर्षिय बिकास महर्जन केही दिनदेखी कुवेतको फर्वानिया हस्पिटलमा उपचाररत थिए र उपचारकै क्रममको उनको मृत्यु भएको जनाइएको छ ।

उनी बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए । मृतकका परीवारलाई जानकारी गराई उनको कुवेतमै दहसंस्कार गरिने कुवेतस्थित नेपाली दूताबास स्रोतले जमाएको छ । कुवेतमा शुक्रवार मात्र थप ९५५ जना नया कोरोना भाईरस संक्रमित थपिएको छ । योसॅगै कोरोना संक्रमितको संख्या १९,५६४ जना पुगेको छ । यसमा ८४ जना नेपाली पनि छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको छ । यससॅगै कुवेतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

Loading…