काैशी खेतीमा रमाएका दहाल भन्छन्, गर्न सके महामारीमा पनि ताजा अर्गानिक तरकारी खान पाइने रहेछ ( फाेटाे फिचर )

इटहरी / देशमा लकडाउन भएको महिनौं बितीसक्दा शहरी जनजिवनलाई तरकारी जोहो गर्न धाै धाै नै परेकाे छ । अझ लकडाउनका बेला ताजा अर्ग्रनिक तरकारीकाे असम्भव नै छ । विभिन्न ब्यवसायबाट समाजमा ख्याती कमाइ सक्नुभएका गाेपीरमण दहालले बिगत ५ बर्षदेखि आफ्नै घरमा काैशी खेती गर्दै आउनु भएकाे छ । घरकाे छतमा तरकारी र फलफुल खेती गरेर समाजमा उदहारण प्रस्तुत गर्नु भएका दहाल एक उदाहरण बनेका छन् । लकडाउनकाे समयमा घर बाहिर निस्किन जाेखिम हुने तथा राेग सक्रमण सम्भावना उच्च हुन्छ । तर दहाल परिवारलाई त्यसकाे चिन्ता छैन् । हातमा सिप र पाैरख गर्नेलाई कुनै उमेरले छेक्दैन भन्ने गतिलाे उदहारण बनिनुभएकाे छ इटहरी निवासी गाेपिरमण दहाल ।

इटहरी मुख्य चाैकदेखी करिब ३०० मिटर पश्चिमस्थित अमृता किराना स्टाेर लेखिएकाे तिनतले घरकाे छतमा गएर अवलाेकन गर्नेहरू जाे काेहिलेपनि त्यहाँ लगाइएकाे करेसावारीकाे खुलेरै प्रसंसा गर्ने गरेकाे पाइन्छ । झ्याम्म परेको बोटमा लटरम्म फलेका कागती, लरक्क परेका लहरामा फलेका लौका र फर्सी भान्सामा चाहिने धेरै प्रकारका सब्जी फलिरहेको देख्न पाइन्छ । अमृता किराना पसलका सञ्चालक समेत रहेका दहाल फूर्सदकाे बेला छतमा लगाएकाे त्यही करेसाबारीमा भेटिन्छन । त्यहा पुग्दा उनि कहिले घरेलु अाैजार बाेकेर केही खाेतलिरहेका हुन्छन भने कहिले पानि हाल्दै गरिरहेका भेटिन्छन ।

त्याे संगै उनमा भएकाे जाेस जागर र उत्साह करेसाबारीमा झल्किएकाे देख्न पाइन्छ । किराना पसल गर्दागर्दै बचेकाे समयलाई सदुपयाेग गर्दै केहि गराै भन्ने मनसायले छतमा तरकारी संगै फलफुल लगाउन थालेकाे र बिस्तारै सफलता पाउन थालेकाे दाहालले बताउछन् । छतमै फलेका तरकारी तथा फलफुल निकै राम्राे फस्टाएकाे देखिन्छ । एउटा करेला अाधा किलाे साथै अम्बा ८ सय ग्राम सम्मकाे उत्पादन हुने गरेकाे उनले बताए ।

सामान्यतय सिमेन्टकाे छतमा तरकारी खेती गर्दा माटाे संगै गमला अादीकाे अावस्यक पर्छ तर उनले माछाका ५० बढी किरेटमा माटाे हालेर शुद्ध अर्गानीक तरकारीहरू उत्पादन गर्दै अाइरहेका छन् । यसाे गर्दा एक त कम लगानी, समयकाे बचत र स्वास्थ्यमा समेत सकरात्मक उर्जा उत्पन्न हुने दहाल बताउछन् । श्रीमती छोरावुहारी र नातिनीहरू सहित ७ जनाकाे परिवार रहेकाे उहाकाे भान्सामा पुग्ने तरकारी छतमै उत्पादन हुने गरेकाे छ ।

पाकाे उमेरमा त्यतिकै घरमै बसिरहनुभन्दा केही गरेकाे राम्राे भन्दै छतमै तरकारी खेती सुरू गरेकाे र अहिले यहाँ उत्पादन भएका तरकारीहरू घरकाे भान्सामा पुग्नुकाे साथै छरछिमेकमा समेत किनबेच हुनेगरेकाे पाैरखी गाेपीरमण दहाल बताउछन् । बजारको विषादीयुक्त सब्जीले रोग बढाउनुको साटो भुइँ करेसाबारी नभएका सहरिया बासिन्दाका लागि दहालकाे छतमा लगाइएकाे करेसावाली नमुना बनेकाे छ । कती छिमेकीहरूले त उहाकै करेसाबारी हेरेर र उहासंगै ज्ञान लिएर छतमै तरकारी लगाउन थालिसकेकाे दहाल बताउछन् । दहालले लगाएकाे तरकारी वालीमा लाैका, फर्सी, साग, बैगुन, करेला, घिराैला, काक्रा, कागती, स्ट्रबेरी, कुबिन्डाे, लगायत उत्पादन हुदै अाएका छन भने फलफुलमा अनारस, अम्बा, लगायत उत्पादन हुदै अाएका छन ।

काेराेना भइरसले विश्व प्रभावि भएकाे समयमा यसरी काैशी खेती गर्न सके बजारमा गएर तरकारी किन्दा हुन सक्ने सक्रमणकाे जाेखिम कम गर्न सकिन्छ ।साथै यसै गरी सबै तरकारीमा आत्मनिर्भर हुन सके सम्भावित खाद्य स‌कट लगाएतकाे समासया उत्पन्न हुने थिएन् । बाझा बारी खन्ने र यसरी नै काैशी खेतीलाइ प्रथमिक्तामा राख्ने सके देश तरकारिमा आत्मनिर्भर बन्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

Loading…