अव्यवस्थित लकडाउनको कारण सर्वसाधारणले पाए सास्ती

धरान / पटक पटक लकडाउनको समय थपिदा सर्वसाधारणले दिनप्रतिदिन सास्ती भोग्नु परेको छ । लकडाउनकै कारण रोजगारी गुमेको छ भने समयमा खान र बस्ने स्थान नहुदा अहिले घण्टौ, दिनै माया मारेर हिडेर आफ्नो घर जान थालेका छन् ।

यस्तै दुई वटा समूह धरान धरान आइपुग्यो । कोही काठमाण्डौबाट त कोही इटहरीबाट आएका ती व्यक्तिहरु धनकुटाका हिले र छथर जोरपाटी जान हिडेका थिए । छतर जोरपार्टी जाने समूहमा ५ जना थिए भने हिले जाने समूहमा ४ जना थिए । उनीहरुमध्ये छथर जोरपार्टीका ५ जना काठमाण्डौबाट इटहरीसम्मको भाडा प्रतिव्यक्ति १ हजार ५ सय तिरेर आएका थिए भने हिले जाने ४ जनाको समूहमा रहेकाहरु २ जना काठमाण्डौबाट र दुई जना इटहरीबाट आएका थिए ।

विहान ८ बजे इटहरीबाट हिडेका उनीहरु धरान आउदा साढे १ बजेको थियो । लखतरान भएका उनीहरुलाई धरानमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले खाजा खुवाएका थिए । धरानबाट कोशी पहाडी क्षेत्रमा सवारी साधन चल्छ भनेर हिडेका उनीहरु धरानमा आएर भने अलपत्र परे ।

ज्याला मजदुरी गरेर गुजारा चलाएका उनीहरुले लकडाउनका कारण काम नभएको र बसेर खाने अवस्था नभएपछि आफूहरु आफ्नो घर हिडेका बताएका थिए । धनकुटा छथर जोरपार्टीका रुकमान लिम्बुले काठमाण्डौमा मजदुरीको काम गरेर जीविकोपार्जन गर्ने गरेको बताउनुभयो । उहाले लामो समयदेखि भएको लकडाउनले आफूहरुले काम पाउन छाडेको र दुई छाक खान समेत धौ धौ भएपछि हिडेरै भएपनि आफ्नो घर फर्किएको बताउनुभयो ।

बसन्त लिम्बुमात्र हैन हिडेरै घर पुग्ने अठौटका साथ इटहरीबाट धरान आइपुग्नु भएका हिलेका बसन्त लिम्बुको पनि हालत उस्तै थियो । एक बर्ष अगाडिदेखि इटहीरीको द वर्गर हाउसमा कर्मचारीको रुपमा काम गर्नुभएका समेत लामोसमय भएको लकडाउनले काम हुन छाडेको र बसेर खान सक्ने अवस्था नभएकोले हिडेरै भएपनि घरतर्फ लागेको बताउनुभयो ।

एक महिनाभन्दा बढी समय भएको लकडाउनले यसरी घरबाहिर बसेकाहरु आजित भएर अहिले पैदलै हिडेर् आफ्नो घरतर्फ लाग्न बाध्य भएका छन् । दैनिक गर्ने काम लकडाउनका कारण हुन छाडेपछि न बसेर खान सक्ने अवस्थामा छन न त घर नै जान सकेका छन् । यी र यस्ता सर्वसाधारणहरु अहिले दैनिक रुपमा यसरी आउने गरेको धरान २ भानुचौकमा खटिका सुरक्षाकर्मीहरु बताउछन् । अफ्ठ्यारामा परेकालाई संयोजबस खाद्यान्न तथा सब्जी बोकेर पहाडी क्षेत्रमा जाने सवारी साधनमा हालेर धेरै पटक सुरक्षाकर्मीले समेत पठाउने गरेका छन् । पुन सरकारले लकडाउनको समय १० दिन बढाएर वैसाख २५ सम्म पु¥याएको छ । लकडाउनमा सर्वसाधारणले सुरक्षित महसुस गरेका छन् तर पनि निम्न आय भएकाहरुका लागि सरकारले कुनै राहतको प्याकेज बनाइदिदा उनीहरु भोकमरीका कारण समस्यामा पर्दै गइरहेका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

अव्यवस्थित लकडाउनको कारण सर्वसाधारणले पाए सास्ती

बीपी प्रतिष्ठान परिसरमा १ सय बेडको कोभिड -१९ अस्पताल सञ्चालनमा : मुख्यमन्त्री राईद्वारा निरीक्षण

धरानमा हतियार सहित दुुई जना प्रक्राउ

तपाईको प्रतिक्रिया

Loading…