बन्दाबन्दीले थलिएको धरानमा खानेपानीको समेत हाहाकार

धरान / लगातारको लकडाउनले थलिएका धरानका सर्वसाधारणहरुलाई फेरि अर्को समस्याले पिरोलेको छ । सुख्खा मौसममा बर्षेनी हुने खानेपानीको समस्यासंगै लगातारको लकडाउनले सर्वसाधारणलाई दोहोरो समस्या निम्त्याएको हो । लकडाउनले अत्यावश्यक खाद्य सामाग्री सहज रुपमा उपलब्ध नहुने समस्यासंगै खानेपानी अभावमा तड्पिएका उनीहरुले नेपाल खानेपानी सस्थान शाखा धरानले खानेपानी ट्यांकरबाट वितरण गरेको पानीमा समेत तछाड मछाड गरेर पानीको जोहो गर्ने अवस्था अाएकाे छ । ट्यांकरको पानी नथापौ त खानेपानीकै कारण समस्या हुने एकातिर छ भने त्यसरी भीडभाडमा जादा कोरोनाको संक्रमण हुने भन्ने सन्त्रासले सताएको छ उनीहरुलाई ।

धरानमा बर्षेनी सुख्खा मौसममा सर्वसाधारणको धारामा पानी आउदैन । खानेपानी आपूर्तिका लागि नेपाल खानेपानी संस्थानले सर्वसाधारणको टोल टोलमा ट्यांंकरमार्फत खानेपानी वितरण कार्य शुरु गरेको छ । लगातकारको लकडाउनले थलिएका उनीहरु खानेपानीको पनि हाहाकार सहनुपर्ने बाध्यता उत्तिकै छ । खानेपानी अभावकै कारण दुई देखि तीन दिनको अन्तरालमा एउटा टोलमा ट्यांकरमार्फत पानी वितरण गर्ने गरिएको छ । यसरी पानी वितरण गर्दा खानेपानी थाप्नेको तछाडमछाड नै हुने गरेको छ ।

धरान १५ जीवनज्योतिकी लक्ष्मी राईले कोरोनाको विषम परिस्थितिमा स्थानीय सरकारले खानेपानी सहज आपूर्ति गर्नुपर्ने बताउनुहुन्छ । हाहारका बेलामा विगतमा केही कुराको त्रास नहुदा समस्यालाई पन्छाएर पनि पानी थापिन्थ्यो तर अहिले कोरोनाको सन्त्रासमा डर त्रासका साथ पानीमा होडबाजी गरेर नै ट्याकरबाट ल्याइएको पानी थापिने गरिएको छ । यसले खानेपानीको समस्या समाधान भए पनि कोरोनोको जोखिम हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेपालमा पनि अहिले ३१ जनामा कोरानाको संक्रमण भएको पुष्टि भइसकेको छ । अझ नजिकको छिमेकी जिल्ला उदयपुरमा समेत १२ जनामा कोरोनाको संक्रमण बढेसंगै सुनसरीबासीमा त्रास उस्तै छ । कोरोनाको सन्त्राका बीचमा पनि खानेपानी समस्या समधानमा उनीहरु तल्लिन देखिन्छन् । धरान १५ का सर्वसाधारण सुमन राईले यस्तो विषम परिस्थितिमा खानेपानीको सहज आपूर्तिमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु हुन्छ ।

हुन त धरानमा दैनिक ३ करोड लिटर पानी आपूर्ति हुने गरे पनि सुख्खा मौसममा एक करोड ५० लाख लिटर पानीको आपूर्ति हुन गरेको छ । हुन त धरानमा धरान खानेपानी बोर्ड र नेपाल खानेपानी संस्थानले सर्वसाधारणलाई पानी वितरण गर्ने गरेको छ । यी दुई संस्थाले खानेपानी आपूर्ति गर्न नसक्दा यो अवस्था आएको हो ।

नेपाल खानेपानी संस्थानका कर्मचारी धनकुमार क्षेत्रीले एक हप्तादेखि संस्थानको पानी तान्ने पम्प विग्रिदा ट्यांकीमा प्रसस्त पानी जम्मा गर्न नसक्दा पानी पु¥याउन गाह्रो भएको बताउनुभयो । उहाले अहिले पानीको आपूर्ति टोलटोलमा ट्यांकरमार्फत पानीको आपूर्ति गर्न थालिएको बताउनुभयो ।

कोरोनाका कारण होम क्वारेन्टाइनमा बसेका सर्वसाधारणहरु अति आवश्यक सामाग्री नपाएर कष्टकर जीवन विताइरहेका छन् । त्यसमाथि खानेपानीको समस्याले उनीहरुलाई थप पीडा दिएको छ । यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

अव्यवस्थित लकडाउनको कारण सर्वसाधारणले पाए सास्ती

बीपी प्रतिष्ठान परिसरमा १ सय बेडको कोभिड -१९ अस्पताल सञ्चालनमा : मुख्यमन्त्री राईद्वारा निरीक्षण

धरानमा हतियार सहित दुुई जना प्रक्राउ

तपाईको प्रतिक्रिया

Loading…