खाडीमा कोरोना प्रभावित नेपालीहरुको लागि एनआरएनए मध्यपूर्व उद्दार समिति गठन

दोहा / खाडीमा नेपाली श्रमिकहरुमा कोरोना भाइरस संक्रमण हुन् सक्ने सम्भावित जोखिम न्युनिकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल गर्ने भएको छ ।

संघको मध्यपूर्व समितिले प्रविण गुरुङ (कतार) को संयोजकत्वमा क्षेत्रीय उद्धार समिति समेत गठन गरेको छ । समितिमा उपसंयोजक मनोज कुमार श्रेष्ठ (युएई) र प्रवक्तामा राजेन्द्र अर्याल (साउदी अरब) रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुवेत), यसमिन बेगम सैयद (साउदी अरब), रमेश भट्ट (कतार), नारायण पासवान (साउदी अरब), ठाकुर प्रसाद ढुंगाना (युएई), अमित राई (कुवेत) अजय यादव (ओमान), लालप्रसाद पुन (बहराइन), नविन पौडेल (युएई), राजु केसी (युएई), नेब प्रसाद शर्मा (युएई), होमनाथ शर्मा (कतार), युथराज शर्मा (कतार), केबी हमाल (कतार), मोहम्मद मुक्तदा मुसलमान (कतार), प्रकाश कोइराला (युएई), तेज थापा (साउदी अरब), सुजन केसी (कुवेत), लक्ष्मी गिरि (बहराइन), सेवन्त पुर्जा पुन (ओमान) रहेको राजेन्द्र अर्यालले दिए ।

यो समितिले मध्यपुर्बका सम्पूर्ण दूताबासबाट दैनिक विवरण लिनेछ समितिका प्रवक्ता राजेन्द्र अर्यालले जानकारी दिए । उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ ।

समितिको सल्लाहकार मण्डलमा टीबी कार्की (कतार), आर के शर्मा (कतार), डीबी क्षेत्री (ओमान), राजु सैयद (साउदी अरब),नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाई (कतार), कमलमणि गुरागाई (कतार), बिमल सुबेदी (कतार), गोपाल कडेल (युएई), धर्मराज गिरी (ओमान), बिल गुरुङ (कतार), बिनोद भट्टराई (कतार), सनी ओली ( कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब), कृष्ण प्रसाद भट्टराई रहेका छन् । भने मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन् ।

त्यसै गरि मिडिया समुहका अन्य सदस्यहरुमा शुक्र मुक्तान (साउदी अरब), शुवास शर्मा (युएई), दिपजङ शाह ( कतार), अमर श्रेष्ठ (बहराइन), माधब शाही (कुवेत) र पुर्ण पहाडी (ओमान) रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading…