साहित्यकार पागलको निधन

इनरुवा / पूर्वका अग्रज तथा वरिष्ठ साहित्यकार पाज्ञ उपेन्द्र बस्नेत पागलको निधन भएको छ । केहि समययता बिरामी भई थलिएका पागलको इनरुवा ६ स्थित रहेको निवासमा आज दिउँसो निधन भएको हो । पागलको ७८ वर्षको उमेरमा निधन भएको हो । पागल दम, निमोनियासँगै स्वासप्रस्वासको समस्याका कारण थलिएका थिए ।

पागल इनरुवा प्रज्ञा प्रतिष्ठानको संयोजक समेत रहेका थिए । पागललाई इनरुवामा नागरिक अभिनन्दन समेत गरिएको थियो । पागल चित्रकार, गितकार, निबन्धकार, समालोचक, कथाकारका रुपमा समेत को छवी बनाएका व्यक्ति हुन् । पागलका दजनौं बढी कृतिहरु प्रकाशित छन् । पछिल्लो पटक उनको उराँव जातिको सांस्कृतिक अध्ययन नामक पुस्तक प्रकाशनको तयारीमा थियो । पागलका श्रीमती र ६ जना छोरीहरु रहेका छन् ।

र याे पनि

तपाईको प्रतिक्रिया

Loading…