लकडाउन अवज्ञा गर्ने दुईजना पास्टर पक्राउ

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरका दुई जना पास्टर पक्राउ परेका छन् । लकडाउन उल्लंघन गर्दै मानिसहरु भेला पारेर प्रार्थना गर्ने दुई जना पास्टरलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगरस्थित करेखोलामा रहेको ख्रिष्ट मण्डली चर्चबाट पास्टर प्रेम विश्वकर्मा र कालुञ्चोकमा रहेको निश्री एजी चर्चबाट पास्टर मोहनदास गुरुङलाई आइतबार दिउँसो पक्राउ गरिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…