लकडाउन (लघुकथा)

बारिमा लसुन उखेल्ने,मकै रोप्ने काम गर्दागर्दै थाकेर मायाले लकडाउनले घरमा बसेका छोराछोरीलाई बोलाइन।मोबाइलमा ब्यस्त श्रीमान छोराछोरी कसैले सुनेनन्।उनी घर आइन। श्रीमानको कोठामा हेरिन ।उनी मोबाइलमा कसैसँग भन्दैथिए,”यो लकडाउनले त टेन्सन दियो यार। दिनबिताउन गारो भयो।मैले त आज १ किलो चामलमा कति दाना हुन्छन् भनेर गने।अब भोलि गहुका दाना गन्नु पर्ला ।उनी लामो हाँसो हाँसे।

उनले छोराको कोठातिर चिहाइन्। छोरा टिभी खुल्लै राखेर साथि संग गफ्फिदै थियो,”हैट लकडाउनले गर्नु गर्यो ब्रो। टिभीमा समाचार हेरेको समाचार वाचिकाले अाँखा झिम्काएको, टाउको हल्लाएको ,हाँसेको गनेर बसे । उनी फेरी छोरीको कोठामा गइन् ।छोरी भिडियोकल गर्दै टिकटक बनाउनम ब्यस्त थिइन्,”केटिहो घर बस्न सारै गारो।आफ्नो त म्यासेन्जरमा बोल्ने मान्छे पनि छैन । कसरी दिन बिताउने होला?”

उनी भान्सामा पसिन् र खाजा बनाइन्।सबैलाई खाजा खान बोलाइन्। सबै मोबाइलमा ब्यस्त भएकाले सुनेनन्। मायाले सोचिन् अब यसरी भएन सबैलाई पाठ सिकाउनु पर्छ।सबैको मोबाइल खोसेर बोकिन र भान्सामा आउन भनिन् ।छोराले रिसाउदै भन्यो,”ह्या ममी ल्याङ्ग नगर्नु न ! देशमा के भएरहेको छ हजुरलाइ के थाहा ? ” बाध्य भएर छोराछोरी र श्रीमान भान्सामा आए।

सुशीला सुवेदी पाठक

उनले सबैलाई खाजा दिदै भनिन् ,”सबैलाइ घर बसेर दिन बिताउन गार्‍हो भएको बुझे।हो छोरा तैंले सहि भनिस् देशमा के भइरहेको छ मलाई केही थाहा छैन किनकि त्यो सब जान्ने मलाई फुर्सद छैन । अब म पनि बुझ्न चाहन्छु देशमा के भइरहेको छ। समाचार वाचिकाले आँखा झिम्काएको गन्नुको साटो
आमाले कोदालो कतिपटक उठाइन् ,कति पटक गलेर खुइ्य गरिन् हेरेको भए हुनेथियो।

आजदेखि लकडाउन हुन्जेल भान्साको सारा काम तैले गर्नु।अनि छोरीले घर सरसफाइ गर्ने र कपडा धुने काम गर्नु।अनि हजुरले बारीमा तरकारी लगाउने बेला भएको छ।चामलको गेडा गन्नुको साटो भिन्डिको बीउ ,फर्सीको बीउ बारिमा गाड्नुहोस। तेत्तिकै अर्गानिक सब्जि खान पाइन्छ र?” म एक्लैले गर्ने काम तिनजानाले बाढेर गर्नु।अनि थाहा हुन्छ मेरो घरमा काम छ कि छैन।”

कहिल्यै कसैलाई केही नभन्ने मायाले आज यसरी बोलेको सुनेर सबैजना ट्वा परेर मायालाइ हेरिरहेका थिए।मायाले उठ्दै भनिन् ,”आसा छ सबैले आआफ्नो जिम्मेवारी बहनगर्नु हुनेछ।देशमा के भइरहेको छ बुझ्छु म।अब म लकडाउनमा बस्छु।”

सुन्दरहरैंचा १०, बिराटचोक (माेरङ)

तपाईको प्रतिक्रिया

Loading…