क्वारेन्टाइनमा राखिएका एक ब्यक्तिको पोखरामा मृत्यु

पोखरा । भारतबाट फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक ब्यक्ती हैदराबादबाट फर्किएका थिए । थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनि १२ दिनअघि भारतबाट आएको र हिजो मंगलबारबाट क्वारेन्टाइनमा राखिएकाे रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।

मुटुको रोग, कलेजोमा पानि जमिराखेको भन्ने थियो’ उनले भने । उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

Loading…