कोरोनाबाट बच्न गाउँघरमा पाइने गुर्जोको प्रयोग गराैँः वनस्पतिविज्ञ प्रा डा पिके झा

काठमाडाैँ । वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।

साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महŒव रहेको आयुर्वेद चिकित्सक दाबी गरेको अाजको गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ ।

विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ । वनस्पतिविज्ञ प्रोफेसर डा प्रमोदकुमार झाले भन्नुभयो, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु ।

ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ” उहाँका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।

भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका देशमा यो वनस्पति पाइन्छ । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ ।

बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ । गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तŒत्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।

क्लेरोडेन फ्युरानो नामक गुर्जोमा पाइने तŒत्व क्यान्सर कोष नष्ट गर्न एकदमै प्रभावकारी हुन्छ । केमोथेरापीले निम्त्याउने नकारात्मक प्रभाव पनि गुर्जोले हटाउनसक्ने खुबी राख्छ । गुर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहमा पनि उपयोगी मानिन्छ । कोरोनासँग लड्न एन्टिबडी बलियो हुनुपर्छ भन्ने प्रचार यति बेला तीव्र छ ।

आयुर्वेदका ज्ञाता मानिनुहुने बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उल्लेख गर्नुहुन्छ । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भाइरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उहाँको भनाइ छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ ।

पशुपतिस्थित वैद्यराज सुवर्णका अनुसार कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइन्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औषधि हुने गर्छ । यसबाहेक टिमुर, बेसार, लसुनले पनि यस्ता भाइरसजन्य सङ्क्रमण कम गर्न सघाउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार जुनसुकै ज्वरो आएमा गुर्जाेको रस बिहान बेलुका सेवन गर्नुपर्छ ।

त्यस्तै मूत्र विकार, जन्डिस, पायल्ससँगै एन्टिबडी निर्माण गर्न महसँग मिसाएर खान सकिन्छ । स्वदेशी खानपानमा प्रयोग हुने विभिन्न मसलाले पनि भाइरस थेग्न सक्ने शक्ति राख्छ । त्यसैले घरको भान्सालाई जडीबुटीयुक्त बनाउन उहाँ सुझाव दिनुहुन्छ । यति बेला विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । खोप वा कुनै उपचार पद्धति विकास भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको बताइएको छ ।

नेपालमा भने कोरोना भित्रिसकेको छैन । तैपनि यसबाट कसरी जोगिने भनेर सरकार र सर्वसाधारण चिन्तित छन् । अर्कोतर्फ नेपालको प्राचीन उपचार पद्धति आधुनिक जमानामा पनि उत्तिकै लोकप्रिय छ । यहाँको औषधीय जडीबुटीसहितको खानपान र रहनसहनलाई सरकारले पछिल्लो समय कोरोनाबाट बच्ने पहिलो प्राथमिकता भनेको छ । गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

Loading…