मापदण्डमै बन्ने भयो इटहरी–तरहरा सडक, घर टहरा भत्काउन तोकियो म्याद

इटहरी । निर्माणधिन कोशी राजमार्गको ६ लेन सडक कानुन बमोजिम ५० मिटर चौडा नै बनाउने निर्णय भएको छ । राजमार्गको बीचभागको दायाँ बायाँ २५।२५ मिटर चौडा बनाउने गरी सीमा सडककै मातहतमा ल्याउने निर्णय सहित आसपासका घर टहरा भत्काउन १५ दिने म्याद तोकिएको छ ।

बिराटनगरको रानी देखि संखुवासभाको किमाथाङ्का जोड्ने राष्ट्रिय राजमार्ग निर्माण योजना अन्तर्गत कोशी राजमार्गको क्षेत्राधिकार भित्र ल्याउने बिषयमा इटहरी उपमहानगरपालिका, सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले मापदण्ड अनुसारकै सडक बनाउने निर्णय गरेको छ । बैठकमा ईटहरीका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मा सहित दिपक गौतम, भुपेन्द्र बराल, चन्द्रप्रसाद भट्टराई सहभागी थिए ।

सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सुचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरेको थियो । सडक मापदण्ड अनुसार खाली गराउने र नगराउने विषयमा केही समय यता स्थानीय घरधनी तथा मदन चुँडाल, नवराज मैनाली लगायतहरूकाे नेतृत्वमा युवा समुहहरुबिच रस्साकस्सी चल्दै आएको थियो । कोशी राजमार्गमा पर्ने घरका घरधनीहरु तथा उद्योगी व्यवशायीहरु सडक विस्तार गर्न नहुने पक्षमा थिए । सोही अनुसार सडक आयोजना कार्यालयले समेत सडक खुम्च्याएर विस्तार गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…