बुढासुब्बा गोल्डकप : भारतलाई ६–१ को गोल अन्तरले हराउदै मच्छिन्द्र सेमीफाईनलमा

धरान / सहीद स्मारक लिक विजेता मचिन्द्र कलब काठमाण्डौ धरानमा जारी २२ आें बुढासुब्बा गोल्डकपको सेमी फाइनलमा पुगेको छ । धरान १६ रंगशालामा आयाजित प्रतियागितमा पाहुना टोली सण्डे एफसी कलकत्ता भारतलाई ६–१ को फराकिलो गोल अन्तरले हराउदै मछिन्द्रले अन्तिम चारको स्थान पक्का गरेको हो । जितका लागि मछिन्द्रका विमल घर्तीमगरले ह्याट्रिक पूरा गरे । खेलको पहिलो हाफको २१ औं, ८० औं र ८७ औं मिनेटमा व्याक्तिगत ३ गोल गरे भने विशाल राई ‘बी’ले व्याक्तिगत २ गोल गरे ।

उनले खेलको पहिलो हाफको २८ औं र दोस्रो हाफको ७४ औं मिनेटमा गोल गरे । यस्तै, रेजिन सुब्बाले खेलको दोस्रो हाफको ४८ औं मिनेटमा गोल गरे । यता सण्डे एफसीका तर्फबाट एक मात्र सान्तवना गोल सञ्जिव बउरीले खेलको दोस्रो हाफको ८३ औं मिनेटमा गरे । मछिन्द्रले सेमिमा विभागीय नेपाल पुलिससंग भिड्ने छ ।

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका विमल घर्ती मगर घोषित हुदै नगर १५ हजार प्राप्त गरे । यस्तै खेलमा उत्कृष्ट गोलकर्ता सण्डे एपसीका सञ्जिव बउरी घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलीको पहिलो सेमिफाइनल खेल पाहुना टोली यूकेएफसी कस्याङ भारतसंग र मनाङ मस्याङदीले खेल्ने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख पाउने छ ।

तपाईको प्रतिक्रिया

Loading…