एकै गाँउका ६ जनाको सामुहिक अन्त्येष्टि, दर्दानक दुर्घटनाले रित्तिएको ईटहरीको एउटा गाँउ

इटहरी । तिर्थयात्राका लागि भारत पुगेको सुनसरीको ईटहरी नगरपालिकाका ६ जनाले बस दुर्घटनामा ज्यान गुमाएपछि ईटहरी यतिबेला शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाएका ६ जनाको दुर्घटना भएको ५ दिनपछि सोमबार साँझ ईटहरीको बुढी गंगाजमुना मुत्तिघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा भेला भएका मृतकका परिवार मात्र होईन सिंगो गाँउका मानिसहरुका आँखामा आँशु ओभाएका थिएनन । यति धेरै मानिसहरु एक चिहान भएको ईटहरीका लागि यो पहिलो घटना समेत हो ।

गत बुधबार तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको थियो ।

मृत्यु भएका मध्ये ६ जनाको शव बागडोरा विमानस्थल हुँदै सोमबार साँझ इटहरी ल्याइएको थियो । सोमबार ल्याइएको शवको सामूहिक दाहसंस्कार गरिएको छ । शोकमा डुबेको इटहरी उपमहानगरपालिकाले मङगलबार सार्बजनिक बिदा समेत दिएको छ ।

आँशुको भेलमा गाँउ

इटहरी वडा नम्बर १० की ५५ वर्षिया मीरा चौधरीको श्रीमानको मृत्युको खबरपछि रुदारुदै आँसु नै सुकिसकेका छन् । श्रीमान् टीकारामको पीडामा रहेकी मीरालाईं अझैपनि सपना जस्तो लागेको छ । ६० वर्षे टीकारामको आफ्नै भूमि र आफन्तमाँझ दाह संस्कार भएको छ ।

मृतक ६ जना नै इटहरी वडा नम्बर १० का हुन् । मृतक एउटै परिवारका तीन जना पनि परेका छन् । एउटै परिवारका ७० वर्ष पार गरेका रसीलाल चौधरी, उनकी श्रीमती ६८ वर्षकी बुधनी चौधरी र रसिलालकी वहिनी फुलसरी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा परि घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जनाइएको छ । स्थानीय मधुमााया राईंले भनिन, ‘आमा सिकिस्त भएकाले गर्दा भगवान भरोसा छ ।’ मधुमायाका ससुरा ६८ वर्षे बीरबहादुर राईको मृत्यु भइ सकेको छ । सासु ५५ वर्षे मञ्जुदेवी राईं सिकिस्त छन् ।

नयाँ दिल्लीस्थित नेपाली दुतावासका अुनसार उक्त बसमा ३४ जना सवार थिए । उनीहरु विराटनगर–जोगवनी नाका हुँदै भारत तीर्थयात्राका लागि गएका थिए । तीर्थयात्रा गएको १६ औं दिनमा दुर्घटना भएको हो । मृतकको शव फिर्ता गर्न नेपाली दुतावासले भारतीय विदेश मन्त्रालयसँग समन्वय गरेको थियो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार, शनिबार बसेको कार्यपालिका बैठकले प्रदेश सरकार र संघीय सरकारलाई शव चाँडो फिर्ता ल्याउन पहल गर्न माग गरेको र प्रक्रिया अघि बढेपछि शव नेपाल ल्याउन सकिएको बताईन ।

तपाईको प्रतिक्रिया

Loading…