यस कारण विशेष छ यस बर्षकाे शिवरात्रि, ४ राशीलाई उत्तम

शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ । त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो । यो वर्ष महाशिवरात्रिमा ठ्याक्कै त्यही योग परेको छ जुन् योगमा शिव उत्पन्न भएका थिए र विवाह गरेका थिए ।

शिवरात्रि यस वर्ष शुक्रबार परेको छ । शुक्रबार भगवतीकाे बार मानिन्छ । ज्योतिषशास्त्रीहरुका अनुसार महाशिवरात्रि र शुक्रबारको संयोग निक्कै फलदायि हुन्छ । यस्तो अवसरमा भगवान शिवको पुजा गरेर सुख, समृद्धि र पुण्य कमाउन सकिन्छ । घर, गाडी वा जग्गा खरिद गर्नका लागि यो योग निक्कै उत्तम मानिएको छ । नयाँ कारोबार र नयाँ सम्बन्धका लागि पनि महाशिवरात्रि उत्तम मानिएको छ ।

ग्रहको विशेष स्थितिः

शिवरात्रिलाई ज्ञानपर्व पनि भनिन्छ । तिहारमा लक्ष्मी प्राप्तको योग बने जस्तै शिवरात्रिमा शक्ति प्राप्तीका लागि उत्तम योग मानिन्छ । यो वर्षको शिवरात्रिमा शिव पार्वती योग बनेको छ जुन् निक्कै उत्तम मानिन्छ ।

यो योगलाई शिवशक्ति र शंभूसती योग पनि भनिन्छ ।

करिव ५०० वर्षपछि मात्र महाशिवरात्रीमा यस्तो ग्रहको योग हुने मानिन्छ ।

४ राशीका लागि विशेषः

यो वर्षको शिवरात्री मेष, वृश्चिक, मिथुन र कन्या राशीको लागि अत्याधिक फलदायी हुने मानिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…