अबैध सन्तान जन्माएर करेसावारीमा पुर्ने आमा पक्राउ

मोरङ / अबैध यौन सम्वध पश्चात जन्मेको शिशुलाई हत्या गरेर करेसावारीमा पुरेको आरोप लागेकी एक किशोरी ४ महिनापछि पक्राउ परेकी छिन ।

गत कार्तिक १८ गते सोमवार मोरङको कानेपोखरी वडा नम्वर ६ की १७ वर्षीय किशोरीलाई उनका वुवाले छोरीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य परिक्षण गराउन रमाईलो डायग्नोष्टिमा आएका थिए । स्वास्थ्य परिक्षणका क्रममा किशोरीलाई रत्तश्राव भएपछि उपचार सम्भव हुन नसक्ने भन्दै अन्यत्र लैजान भनिएको थियो । तर भोलिपल्ट मंगलवार साँझको समयमा डायग्नोष्टिक सेन्टर भएको घर पछाडीको मेनुका दवाडीको करेसावारीमा टमाटर रोप्ने क्रममा शिशुको हात फेला परेपछि अवैध तरिकाले डाग्योनोष्टिकमा जन्म दिएको शिशुलाई त्यहाँ पुरेर घटना ढाकछोप गर्न लागिएको रहस्य वाहिर आएको थियो ।

घटना भएको ४ महिनापछि शिशुको जन्म सकुशल भएको र जन्मपश्चात शिशुको हत्या गरेर वारीमा पुरेको प्रमाणीत भएको छ । पुरीएको अवस्थामा भेटिएको शिशुको मंसिरमा आएको पोष्टर्माटम रिर्पोटका आधारमा शिशुको हत्याको एकिन तथ्य रिर्पोटले नबताएतापनि रिर्पोटले शिशु सकुशल जन्मेको र जन्म पश्चात उनको हत्या गरिएको र फोक्सोमा पानी जमेको रिर्पोट आएको ईलाका प्रहरी कार्यलय पथरीका डिएसपी दिलिप गिरीले बताए ।

किशोरीले २०७६ बैशाखमा आफन्तकोमा गएका बेला नचिनेका पुरुषसंग यौन सम्बन्ध भएको र आफुले सो व्यक्ति को हो ? भनेर हाल नचिन्ने कुरा इप्रका पथरीलाई बयानको क्रममा भनेकी थिईन । तर अहिले भने किशोरीले वयान फेरेको र आफुसग यौन सम्वन्ध राख्ने पुरुषको हुलिया समेत प्रहरीलाई दिईसकेको प्रहरीले जनाएको छ ।

किशोरीको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी ल्याव टेक्निसियन र्सिजना घिमिरे र अनमी सावित्रा गुरुङलाई घटनाको वारेमा बुझदा आफुहरुले केही वोल्न नमिल्ने भन्दै पन्छिएपछि घटना थप शंकास्पद बनेको थियो तर त्यसको ४ महिना पछि भने साही ठाँउमा शिशुको जिवितै जन्म दिई मारेर पुरेको तथ्य बाहिर आएको छ ।

गिरीका अनुसार “शिशुको पोष्टमार्टम रिर्पोटका आधारमा जन्म दिने आमालाई प्रकाउ गरिएको हो । क्लिनिक संचालकका पनि केही शंकास्पद कुराहरु भेटिएको छ हामी छानविन गर्दैछौ ।” अहिले पुरानै छानविनलाई आधार मानेर उनी माथी केही कावरबाहीको प्रक्रिया अगाडी बढाईएको छैन, गिरीले भने । साथै गिरीले पथरी क्षेत्रमा भएका रहस्मय मृत्यु प्रकरणका फाईलहरु पनि अव क्रमश खोलिदै जाने र सत्य तथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

पछिल्लो समय पथरी इलाका प्रहरीको जिम्मेवारी सम्हाल्न आएका डिएस्पी दिलिप गिरीले इलाकामा रहेका पुराना घटनाक्रमहरुलाई पल्टाउने क्रममा ४१ जना फरार अभियुत्तहरुलाई कानुनी कठघरामा उभ्याईसको समेत बताए ।

तपाईको प्रतिक्रिया

Loading…