प्रधानमन्त्री केपी शर्मा ओलीकाे मुटुको एन्जियोग्राफी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् ।

उनको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको मुटुको एन्जियोग्राफी गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गएका र केही बेरमा फर्किने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…