कुवेतमा मृत्यु भएका ४ नेपालीको पहिचान, २ को बाँकी

दोहा / कुवेतको सीजीजीसी कम्पनीमा भएको दुर्घटनामा अहिलेसम्म ६ जना नेपालीले ज्यान गुमाएको कुवेतस्थित नेपाली दूतवासले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका ६ जना नेपाली मध्ये ४ जनाको पहिचान खुलेको छ। नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गरी मृतकहरुको परिचय खुलेको जानकारी दिएको हो। दूतावासका अनुसार मृत्यु हुनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन्।

मृत्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दूतावासले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि काममा फर्केको दूताबासले जनाएको छ । कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु दुर्घटनामा परेका थिए । दुर्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । अहिलेसम्म ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको दूतावासकी द्वितीय सचिव जानकी ओझाले जानकारी दिईन ।

काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चिच्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पुरिएको अवस्थामा उद्धार गरिएको दूताबासले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि अस्पताल पुर्याइएको र घटनामा ८ नेपाली कामदार परेको जानकारी आएको द्वितीय ओझाले बताईन् ।चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको दूताबासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…