शान्ति सामुदायीक वनमा सह अध्यक्षको मनोमानि

माेरङ / कानुन र बिधान बिपरीत चुनिएका शान्ति सामुदायीक वन उपभोक्ता समुहका सह अध्यक्ष प्रकास थापाले पदको दुरुपयोग गरेका छन । कातिक ५ गते चुनावभए पनि आपसी सहमतीमा थापालाई सह अध्यक्ष बनाएका थिए । थापाले शान्ति सामुदायीक वन उपभोक्ता समुहको १ नं. टोल कमाण्डर भानुभक्क्त काफ्लेलाई बिना जानकारी हटाएर गोमा लुईटेललाई टोल कमाण्डरको जिम्मेवारी दिएको उपभोक्ताले बताए । लुईटेललाई थापाले निजी खाता दिएर कामको जिम्मा लगाएका हुन ।

थापाले समितिको निर्णय बिपरीत निजि खाता ल्याएर अर्कै टोल कमाण्डर बनाएको भन्दै वनको काममा उपभोक्ताको अर्काे टोलका टोल कमाण्डरलाई निबेदनमा सहि गराउने गरेका छन । उपभोक्ताले सह अध्यक्षले समितिको निर्णन बिपरित अर्कै टोल कमाण्डर चुने पछि बिरोध जनाएका छन । समितिमा पटक पटक छलफल गर्दा पनि सह अध्यक्षले आफ्नो अडान नछोडे पछि १ नं. टोलमा ३ गते शनिवार चुवाव हुने भएको छ ।

यता उपभोक्ता भन्छन बर्ष भरि वनमा खटेका टोल कमाण्डलाई केही सुबिधा र काठ दिने भए पछि सह अध्यक्ष थापाले आफ्नो पाटिका ब्याक्ती राख्न खोजेका छन । समितिका केही सदस्य भने सह अध्यक्षको यस्ता कार्यले रुष्ट बन्दै गएका छन । एक सदस्यले भने हामी निर्वा्चित भएर आएकाको भन्दा पनि मनोनित सदस्यको यस्ता गैर जिम्मेवारी कार्यले संस्थाको बदनाम भएको बताए । सहअध्यक्ष थापाले समितिको निर्णय बिपरित निजि खाता अरुलाई दिएर कामको जिम्मा लगाउदा वनका अन्य कर्मचारी र टोल कमाण्डरहरु प्रति निरासा छाएको छ ।

भानु भक्त काफ्लेले वनको सबै काम गर्दै गएका र राजिनामा पनि दिएका छैन्न भने थापाले कुन आधारले अरुलाई जिम्मेवारी ? दिए दिएको हो भने उनले पदको दुरुपयोग गरेको सदस्यको भनाई छ । वन समितिमा मन परि तरिकाले ३५ सदस्यीय समिति चयन गरेको छ । जस्ले गर्दा समिति उपभोक्ताको हितमा नभएर आफु आफुमा मान प्रतिष्ठा र कमाउ माध्यम हो जस्तो देखिन्छ ।

यता थापा भने काफ्ले बुढो भएको भन्दै टोल कमाण्डर उपभोक्ताले चुनेको ब्याक्ती हुनु पर्छ सोहि अनुरुप गोमा लुईटेलले शुल्क उठाएर बुझाई सकेको बताए । थापाले टोल कमाण्डर बुढो भएको भन्दै हटाउन खोजे पनि काफ्ले भन्दा १० बर्ष जेठा काठबहादुर धिमाल भने टोल कमाण्डर रहिरहेका छन । यता उक्त विषयमा सामुदायीक वनका अध्यक्ष कुल बहादुर गुरुङ भने काफ्लेको कुनै कमि कम्जोरी नरहेको र सह अध्यक्षलाई यस्तो निति बिपरीत कार्य नगर्न सुझाब दिएको बताए । उनले भने एउटै टोलको भएकाले ब्याक्तीगत रिसिवी हो फेरि सबै टोलमा समायोज प्रकृया हुदैछ उपभोक्ताले काफ्लेलाई नै रुचाएका छन ।

तपाईको प्रतिक्रिया

Loading…

×